arrow

ठमेलमा सडकमै भो रोपाइँजात्रा, असार १५ मान्न टाढा जानै परेन

महानगर प्रमुख शाक्यलाई अर्को झटारो

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
thamel_ropain.jpg

काठमाडौं । असार १५ लाई राष्ट्रिय धान दिवसका रुपमा मनाईरहँदा काठमाडौंको पर्यटकीय आकर्षणको केन्द्र ठमेलमा प्रतिकात्मक रोपाइँजात्रा भएको छ ।

ठमेलका स्थानीयले हिलाम्य भएको बाटोमा रोपाइँजात्रा गरेका हुन् । लगातारको झरीले हिलाम्य भएको सडकमा रोपाईं गर्न कुरेर बसेका स्थानीयले असार १५ को मौका पारेर रोपाइँ जात्रा गरे ।

ठमेलवासीलाई घुम्न आएका पर्यटकले समेत जिस्काउन थालेपछि सहनै नसकि सडकमा धान रोपाँइ गरेका हुन् । विदेशी पाहुनाले मज्जाले ठमेलमा भएको रोपाइँ जात्रा हेर्नभ्याए ।

ठमेललाई व्यवस्थित बनाउन र सुधार गर्नका लागि काम सुरु गरेको ८३औं दिन पुग्दा समेत अवस्थामा खासै सुधार नआएपछि स्थानीय र व्यवसायीहरुले सडकमै रोपाइँ गरे ।

उनीहरुले विहानै उठेर खेतबाट धानको बिउ किनेर ल्याई सडकमा रोपे । ठमेलको मुख्य नाका मध्येको सोह्रखुट्टे उकालोबाट छिर्ने मनाङ होटल अगाडिको बाटोमा उनीहरुले बाटो छेकेरै रोपाइँ गरे । दुवै पट्टिबाट सवारी आवागमनलाई नै रोकेर स्थानीयले धान रोप्न भ्याए ।

कतिपयले कन्तविजोग भएको झोंकमा रोपाइँ गरे भने कसैले रापाइँ महोत्सवमा सहभागि भए सरह हिलो खेल्न भ्याए । काठमाडौं महानगरले जनप्रतिधि पाएको महिना दिन वित्नलाग्दा स्थानीयले दबाब स्वरुप प्रतिकात्मक रोपाइँ गरेका हुन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले भने, आफ्ना प्रतिनिधिहरुलाई मोबाइल वितरण गर्ने निर्णय गर्ने महानगर प्रमुखले सडकको कन्तविजोग नदेखेको भन्दै कडा आलोचना गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ