arrow

डोटीमा काँग्रेसले विजयको खाता खोल्यो, जनमोर्चाले टक्कर दियो

logo
प्रकाशित २०७४ असार १५ बिहिबार
KI_singh.png

सिलगढी । डोटीमा नेपाली काँग्रेसले विजयको खाता खालेको छ । केआईसिंह गाउँपालिकाको १ नम्बर वडामा काँग्रेसले जित हासिल गरेको हो । नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षका उम्मेदवार कृष्णबहादुर बम विजयी भए  बलमे ३ सय २४ मत ल्याए ।

उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय जनमोर्चाका डबल तिरुवाले १ सय ५७ मत ल्याए । वडा नं. १ मा जम्मा ८ सय ६८ मत खसेको थियो । वडा सदस्य सबै नेपाली काँग्रेसकै विजयी भएका छन् ।

दलित महिला सदस्यमा सरु भुल, महिला सदस्यमा गीता शाही, खुला सदस्यमा देव कामी र भक्त रावल रहेका विजयी भए । ७ वडा रहेको केआईसिंह गाउँपालिकाको अन्य वडाको मतगणना भएको छैन । २ नम्बर वडाको मतगणना जारी छ ।

केआईसिंह गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । यो गाउँपालिकामा जम्मा ७ हजार ४ सय ८ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ