arrow

एमालेका 'हाई प्रोफाईल नेता' को जिल्ला इलामका सबै नगरमा काँग्रेस अगाडि 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
ilam_district_map.png

काठमाडौं । इलामको सबै नगरपालिकामा काँग्रेसले अग्रता हाँसिल गरेको छ । बुधबार भएको स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मतगणना आउँदै गर्दा काँग्रेसले नगरपालिकाहरुमा वर्चश्व जमाएको हो । 

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको गृहनगर एवं क्षेत्रमा नेपाली काँग्रेसले अग्रता हाँसिल गरेको छ । इलामको सूर्योदय नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसका उम्मेदवारले सात सय २२ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवारको जम्मा ६५० मत आएको छ । माओवादी केन्द्रको भने जम्मा २८ मत आएको छ । 

त्यस्तै, उपप्रमुखमा पनि काँग्रेसकै उम्मेदवारको अग्रता जारी छ । उपमेयरमा काँग्रेस उम्मेदवारको ७ सय २८ मत ल्याउँदा एमाले उम्मेदवारको ६ सय ६२ र माओवादी केन्द्रको जम्मा २० मत आएको छ । 

त्यस्तै, इलामकै देउमाई नगरपालिकामा काँग्रेसका उम्मेदवार २ सय ७९ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार २ सय ३५ मतका साथ दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रको १ सय ६४ मत आएको छ ।  

उपमेयरमा पनि काँग्रेसको नै अग्रता रहेको छ । काँग्रेस उम्मेदवारको २ सय ५७ आउँदा एमालेको जम्मा २ सय ४५ मत आएको छ । माओवादी केन्द्रको जम्मा १ सय ८५ मत आएको छ । 

उता, इलाम नगरपालिकामा काँग्रेसका उम्मेदवारको ७ सय ५० मत आउँदा एमाले उम्मेदवारको ७ सय ४ आएको छ । माओवादी केन्द्रको भने २ सय ४१ मत छ । त्यस्तै, उपमेयरमा पनि काँग्रेस नै अगाडि छ । उपमेयरमा ७ सय ५३ मत काँग्रेसकी उम्मेदवारले ल्याउँदा एमालेका उम्मेदवारको जम्मा ७ सय ७ मत छ । माओवादी केन्द्रको २ सयय ७५ मत रहेको छ । 

त्यस्तै, इलामको माई नगरपालिकामा एमालेको ७५ मत आउँदा काँग्रेसले ८३ मत ल्याएर अग्रता हाँसिल गरेको छ । माओवादीको भने २३ मत मात्रै आएको छ । यसरी एमालेका सुभास नेम्वाङ, झलनाथ खनाल लगायतका हाईप्रोफाईलका नेताहरु रहेको जिल्लाको सबै नगरपालिकामा भने काँग्रेसले अग्रता लिन थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ