arrow

बझाङको जयपृथ्वी नगरपालिका ३ पाण्डु उच्चमाविमा पुनः मतदान सुरु

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
bajhang_district_map.png

बझाङ । बझाङको जयपृथ्वी नगरपालिकाको वडा नं ३ पाण्डु उच्चमावि पडेस केन्द्रमा शुक्रबार बिहान ७ बजेबाट मतदान पुनः सुरु भएको छ ।

गत असार १४ गते बुधबार मतदान भइरहँदा दलका कार्यकर्ताबीच झडप भएपछि शुक्रबार पुनः मतदान भइरहेको हो । 

सो वडामा मतदान सकिएपछि मात्र जयपृथ्वी नगरपालिकामा मतगणना सुरु हुने निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ सुरक्षा निकै मजबुद पारिएकोसमेत जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ