arrow

माओवादीको विजयजुलुसमा अज्ञात समूहको आक्रमण, दुईलाई काठमाडौं ल्याईयो 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
ramaroshan_gaupalika_map.png

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाको १ नं वडामा माओवादी केन्द्रका उम्मेदवारहरुको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार राती मत परिणाम आएपछि सुरु गरिएको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बहादुर मल्लले जानकारी दिए । 

उक्त आक्रमणमा तीन जना घाईते भएका छन्  । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि थप उपचारको लागि सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याईएको छ ।  टेकबहादुर विक, श्याम विक, टेकबहादुर साउद घाईते भएका छन् । 

प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको भएपनि अहिलेसम्म कसैलाई पनि पक्राउ गरेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ