arrow

दा‌‌ङका व्यवसायीको शोक कार्यक्रम, तीनदिन व्यवसाय नगर्ने 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
shutterstock_8786818.jpg

दाङ । दाङका व्यवसायीहरुले व्यवसायी राजकुमार श्रेष्ठको हत्याको विरोधमा तीन दिन शोक मनाउने निर्णय गरेका छन् । शुक्रबार श्रेष्ठको शव सल्यानको घना जंगलमा भेटिएको खबर आएपछि व्यवसायीहरुको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । तुल्सीपुरका व्यवसायी श्रेष्ठलाई समूहले  झण्डै एक महिना अगाडि अपहरण गरेको थियो । 

उनको यो समयमा कुनैपनि खबर आएको थिएन । एक्कासी सल्यानको जंगलमा एक व्यक्तिको व्यवारिसे लास भेटिएको खबर आएपछि अहिले प्रहरीको टोली त्यसतर्फ गएको छ । सल्यान प्रहरीले आधिकारिक रुपमा शव श्रेष्ठको नै हो भनेको त छैन । तर, प्रहरीले पनि आशंका भने श्रेष्ठको नै हुनसक्ने गरेको छ । 

उता, दाङको जिल्ला उद्योग वाणिज्य संघले पनि शोक कार्यक्रम कसरी मनाउने भन्ने विषयमा छलफल गरिरहेको संघका महासचिव दीपक सुवेदीले जानकारी दिए । उनले अहिले बैठक बसिरहेकोे भन्दै तुल्सीपुर नगर उद्योग वाणिज्य संघले जस्तै, आईतबार व्यवसाय नगर्ने या अन्य फरक तरिकाले शोक मनाउने भन्ने विषयमा निर्णय गर्न बाँकी रहेको बताए । तुल्सीपुर नगर उद्योग वाणिज्य संघले भने शुक्रबार शनिबार र आईतबार व्यवसाय नगरर्ने निर्णय गरेको बताए । शनिबार भने व्यवसायीहरुको सधै व्यवसाय बन्द नै हुने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ