arrow

हङकङमा एक राष्ट्र दुई व्यवस्था निरन्तर

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
Hong-Kong.jpg

हङकङ। एकजना चिनियाँ राजदूतले हङकङमा अहिलेकै जस्तो एक देश दुई व्यवस्था कायमै रहने जानकारी दिएका छन्। उने भने– हाल हङकङमा एक देश र दुई राजनीतिक व्यवस्थाको अवस्था छ, त्यो यहाँ आगामी दिनमा पनि निरन्तर नै रहने छ, यसैमा हङकङको आर्थिक तथा राष्ट्रिय बिकास सम्भव छ।

भियतनामका लागि हङकङका राजदूत च्यो योङ्ले बिहीबार साँझ भियतनमको राजदूताबासमा अयोजना गरिएको स्वागत समारोहमा सो धारणा राखेका हुन्। हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको २० औँ वार्षिकोत्सव तथा यहाँको सरकारको पाँचौ बार्षिकोत्सवका अवसरमा भियतनामको दूताबासमा यस्तो समारोहको आयोजना गरिएको हो।

सो अवसरमा हङकङमा पनि विशेष कार्यक्रमको आयोजना भएको छ। सो कार्यक्रममा सहभागिताका लागि चिनियाँ राष्ट्रपति सि चिनफिङ बिहीबार नै हङकङ पुगेका थिए।

हिजो नै राष्ट्रपति चिनफिङले विशेष प्रशासित क्षेत्र हङकङलाई चीन सरकारले सधैँ सहयोग गर्ने बताए। उनले पछिल्लो समयमा हङकङले एक राष्ट्र र दुई व्यवस्थामा आधारित नीतिका कारण देशको बिकास र प्रशासन सञ्चालनमा राम्रो गरेको बताएका थिए।

भने– केन्द्र सरकारका हैसियतबाट चीनले आफ्नो विशेष प्रशासित क्षेत्र हङकङको विकास र यहाँका नागरिकको उन्नतिका लागि चीनले सधैँ सहयोग गर्नेछ।

राजदूत योङले पनि आज राष्ट्रपति चिनफिङको सोही अभिव्यक्ति दोहोर्‍याउनुभएको हो। विशेष प्रशासित क्षेत्रका रुपमा पछिल्लो समयमा हङकङको आर्थिक र सामाजिक उन्नति भइरहेको छ, यो पनि चीनकै एक सरकार नीतिका कारण हो– उन भने। रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ