arrow

नेपालले कतारलाई भन्यो 'तपाईहरुको समस्या शान्तिपूर्ण तवरले हामी मिलाईदिन्छौं' 

logo
प्रकाशित २०७४ असार १६ शुक्रबार
nepal_quatar_reletionship.JPG

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले पछिल्लो समय कतारमा देखिएको कुटनीतिक समस्यालाई शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास दिलाएका छन् । शुक्रबार नेपालका लागि कतारका राजदूत अहमद जसिम महोम्मेद अली अल हमरसँग भेट गरी कतारमा अहिले देखिएको समस्या वार्ता र संबादबाट सुल्झनु पर्नेमा जोड दिँदै शान्तिपूर्ण तवरबाट समस्याको समाधान गर्न नेपालले पनि पहल गरिदिने बताएका हुन् । 

भेटका क्रममा मन्त्री महराले राजदूतसँग त्यहाँ कार्यरत नेपालीको सुरक्षाका सम्बन्धमा पनि विशेष चासो व्यक्त गरेका थिए । उनले आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको भन्दै नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह पनि गरे । 

मन्त्री महराले कतारका व्यावसायीले अन्य अरब मुलुकमा सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीका सन्दर्भमा चासो व्यक्त गर्दै त्यसतर्फ कतारी सरकारको ध्यान जानुपर्ने बताए । जवाफमा कतारका राजदूत अहमदले कतार र अरब राष्ट्रमा कतारका व्यावसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाए । 

उनले अरब मुलुकमा देखिएको कुटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रही आएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे । यसैबीच परराष्ट्र मन्त्री महरासँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)का महासचिव अम्जद हुसेनले पनि शुक्रबार नै शिष्टाचार भेटवार्ता गरे । 

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा उनहरुबीच सार्कलाई क्रियाशील बनाउने सन्र्दभमा भएका निर्णयलाई द्रुत तवरले अगाडि बढाउने विषयमा छलफल भयो । सो अवसरमा मन्त्री महराले सार्कको मन्त्रीस्तरीय बैठक अगाडि बढाउन पहल गर्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ