arrow

विराटनगरमा समाजवादी फोरमको चामत्कारिक मत, काँग्रेसको अग्रता कायमै

कुन वडामा कसले कति मत ल्याए ?

logo
प्रकाशित २०७४ असार १७ शनिबार
biratnagar-mahanagarpalika-metro.png

मोरङ । विराटनगर महानगरको मतगणना सुस्ताएको भन्दै निकै आलोचना भइरहेकाबेला संघीय समाजवादी फोरमको गठजोडले चामत्कारिक ढंगले मत बढाएको छ ।

फोरम गठबन्धनले दक्षिणि क्षेत्रबाट मत बढाएको हो । यद्यपि, फोरम–माओवादी गठबन्धन तेस्रो स्थानमै छ । प्रमुखमा काँग्रेस नै अगाडि छ । एमाले–फोरम लोकतान्त्रिकको गठबन्धन काँग्रेसलाई पछ्याइरहेको छ ।

प्रमुखमा तेस्रोमा देखिएपछि उपप्रमुखमा काँग्रेसपछि संघीय समाजवादी र माओवादी केन्द्रको गठजोड रहेको छ । प्रमुखमा ५ सय ८८ मताअन्तर छ भने, उपप्रमुखमा काँग्रेस ८ सय ६८ मत अन्तरले अगाडि छ ।
विराटनगरको दक्षिणी क्षेत्र, बढी मधेसी समुदायको बसोबास रहेको क्षेत्र हो भने, मधेश आन्दोलन प्रभावित क्षेत्र समेत मानिन्छ ।

यहाँको १७ र १८ नम्बरको मत गणनाको प्रारम्भिक नतिजा हेर्दा संघीय समाजवादी फोरम नेपालले बढी मत पाएको छ । १६ नम्बर वडामा भने काँग्रेसले बढी मत पाएको छ ।

१८ नम्बर वडामा संघीय समाजवादीले ३ सय १९ मत ल्याउँदा काँग्रेसले जम्मा ४३ मत मात्रै ल्यायो । १८ नम्बरमा एमालेले झन् ८ मत मात्रै ल्यायो । १७ नम्बर वडामा संघीय समाजवादीले २ सय ५४ मत ल्याउँदा एमालेले १०१ र काँग्रेसले ६० मत मात्रै ल्याउन सक्यो ।

१६ नम्बर वडामा काँग्रेसले १ सय ८२ मत ल्याउँदा संघीय समाजवादीले १ सय ७५ मत ल्याएको छ । दक्षिणी क्षेत्रको १ नम्बर वडामा भने काँग्रेसले ६ सय ६२ मत ल्याउँदा एमालेले ४ सय ७३ र संघीय समाजवादीले ९४ मत ल्यायो ।

२ नम्बर वडामा काँग्रेसले २ सय ५४ मत ल्याउँदा एमालेले १ सय ३६ र समाजवादीले ४५ मत ल्यायो । ३ नम्बर वडामा काँग्रेसले ४ सय ७८ मत ल्याउँदा एमालेले २ सय ८९ र समाजवादीले ७ मत ल्याएको छ ।
विराटनगरको दक्षिणी क्षेत्रमा झण्डै ३० प्रतिशत मत बदर भएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ