arrow

हङकङको स्वतन्त्रता समारोह मै चिनियाँ राष्ट्रपति ‘सी’ले यस्तो दिए चेतावनी

प्रजातन्त्र समर्थक र बेइजिङ समर्थकबीच झडप

logo
प्रकाशित २०७४ असार १७ शनिबार
xijinping.jpg

हङकङ । चिनियाँ राष्ट्रपति सी जिनपीङ्गले हङकङबारे बेइजिङको अधिकारलाई लिएर कुनै पनि चुनौती नदिन चेतावनी दिएका छन् ।

हङकङ वेलायती उपनिवेशबाट मुक्त भएको २०औँ वर्षगाँठको उत्सव र हङकङकी निर्वाचित नयाँ नेता क्यारी ल्यामको शपथ ग्रहण समारोहमा सहभागि भएका राष्ट्रपति सील हङकङबारे बेइजिङको अधिकारलाई लिएर कुनै पनि चुनौती अमान्य हुने बताएका हुन् ।

हङकङले  राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा तथा विकासका स्वार्थसम्बन्धी प्रणाली सुधार गर्नु पर्नेमा सीले जोड दिएका छन् । सी उपस्थित भएको कार्यक्रममा आतसवाजी समेत भएको थियो ।

सीले भनेका छन्, ‘चीनको सार्वभौमसत्ता र सुरक्षालाई जोखिममा पार्ने कुनै पनि प्रयत्न, तथा केन्द्रीय सरकारको शक्तिलाई चुनौती दिने कार्य अथवा हङकङलाई प्रयोग गरेर हुने घुसपैठ तथा मुख्यभूमिविरुद्ध गरिने गतिविधिले लक्ष्मण रेखा नाघ्नेछ । ती कुनै पनि हालतमा अमान्य छन् ।’ हङकङमा, एक देश दुई नीतिबाट चल्न नहुने भन्दै पूर्ण प्रजातन्त्रको नारा घन्कदै आएको छ ।
 

स्वतन्त्रता दिवसकै दिन झडप
सम्भावित घटनालाई मध्यनजर गर्दै हङकङमा प्रहरीले सुरक्षामा निकै कडाई गरेपनि प्रदर्शन रोकिएन । राष्ट्रपति सीले कडा सुरक्षाकैबीच विभिन्न समारोहमा भाग लिए । यद्यपि, कार्यक्रमस्थल नजिकै प्रजातन्त्र समर्थक प्रदर्शनकारीले प्रर्दशन र मार्चपास गरे ।

प्रजातन्त्र समर्थक र बेइजिङ समर्थकबीच झडप भएका छन् । झडपका क्रममा कयौँलाई प्रहरीले पक्राउ गरेको छ । सन् २०१३ मा चीनको राष्ट्रपति भएपछि सीको यो पहिलो हङकङ भ्रमण हो । तीन वर्षअघि पूर्ण प्रजातन्त्रको माग गर्दै हङकङमा महिनौंसम्म प्रदर्शन भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ