arrow

रोल्पामा एक तहको परिणाम आउन बाँकी, नौमध्ये ६ माओवादीलाई 

logo
प्रकाशित २०७४ असार १८ आइतबार
rolpa-final.png

रोल्पा । माओवादीगढ मानिने रोल्पामा अन्य दलले पनि स्थानीय तह निर्वाचनमा विजयी हासिल गरेका छन् । दश स्थानीय तह रहेको रोल्पामा हालसम्म परिणाम घोषणा भएका नौ स्थानमध्ये ६ स्थानमा नेकपा माओवादी केन्द्र, दुई स्थानमा नेकपा एमाले र एक स्थानमा नेपाली काँग्रेस विजयी भएका छन् । 

७२ वटा वडा रहेको जिल्लामा हालसम्म मतपरिणाम सार्वजनिक भइसकेका ७० वडामध्ये नेकाले १५, नेकपा एमालेले ११, नेकपा माओवादी केन्द्रले ४४ र स्वतन्त्रले दुई वडामा विजयी हासिल गरेका छन् । 

जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका पूर्ण केसीले पाँच हजार ६३४ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका लेखनाथ आचार्यले तीन हजार ८२७ मत प्राप्त गरे । 

यसैगरी, सोही नगरपालिकाको उपप्रमुखमा नेकपा माओवादी केन्द्रकै मनकुमारी घर्तीले पाँच हजार ६६८ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाकी मिश्री हमालले तीन हजार ७२१ मत प्राप्त गरिन् । 

लुङ्ग्री गाउँपालिकामा नेकाका दुर्गा खड्काले तीन हजार ११५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका तुलाराम खड्काले दुई हजार ९१० मत प्राप्त गरे । 

यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकाकै भीमकला बुढाथोकीले तीन हजार २७७ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी मनखना घर्तीले दुई हजार ९३९ मत प्राप्त गरिन् ।  

रुन्टीगढी गाउँपालिकामा नेकपा एमालेका बालाराम बुढाले तीन हजार ४०२ मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकाका टेकबहादुर बस्नेतले तीन हजार २७९ मत प्राप्त गरे ।

सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै छमाया पुनले तीन हजार ४५२ मत प्राप्त गरी विजयी भइन् । उहाँकी निकटतम प्रतिद्वन्द्वी नेकाकी सरिता केसीले तीन हजार ३७९ मत प्राप्त गरिन् ।  

त्रिवेणी गाउँपालिकामा नेकपा एमालेका शान्तकुमार ओलीले दुई हजार ५६० मत प्राप्त गरी अध्यक्ष पदमा विजयी भए । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गङ्गाप्रसाद घर्तीले दुई हजार ३३६ मत प्राप्त गरे । 

यसैगरी, सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकै साबित्रा बुढाले दुई हजार ५४० मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी लालसरी घर्तीले दुई हजार ३३३ मत प्राप्त गरिन् ।  

दुईखोली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका निमकान्त डाँगीले चार हजार ६०८ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका झक्कु घर्तीले एक हजार ९८९ मत प्राप्त गरे । 

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै हितकुमारी बुढा विजयी भइन् । बुढाले चार हजार ६०८ तथा उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी लक्ष्मी डाँगीले एक हजार ८९९ मत प्राप्त गरिन् ।  

थवाङ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका वीरबहादुर घर्ती एक हजार ९९० मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार अमित घर्तीले एक हजार ५० मत प्राप्त गरे । 

यसैगरी, उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी रामकिरणी रोकाले एक हजार ९६९ मत प्राप्त गरी विजयी भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी श्रीकुमारी रोकाले ९९५ मत प्राप्त गरिन् । 

सुनछहरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका आशबहादुर बुढाले ८२८ मत प्राप्त गरी अध्यक्ष पदमा निर्वाचित भए । पुनका निकटतम प्रतिद्वन्द्वी नेकाका दुर्गाबहादुर घर्तीले ६३६ मत प्राप्त गरे । 

सो गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी पवित्रा घर्तीमगरले ८७४ मत प्राप्त गरी विजयी भइन् । उपाध्यक्षमा उनकी निकटतम प्रतिद्वन्द्वी नेकाकी भिमली बुढाथोकीले ६३५ मत प्राप्त गरिन् । 

सुकीदह गाउँपालिकामा नेकपा माओवादी केन्द्रका वीरबहादुर केसीले दुई हजार ४१४ मत ल्याई अध्यक्ष पदमा विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रोशनकुमार ओलीको दुई हजार २८० मत रहेको थियो । 

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकै रीताकुमारी घर्तीले दुई हजार ३९९ मत प्राप्त गरी विजयी भइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मला ओलीले दुई हजार २१५ मत प्राप्त गरे । 

माडी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नन्दबहादुर पुनले तीन हजार १८२ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकाका गोपाल घर्तीले दुई हजार ६२१ मत प्राप्त गरे । 

सोही गाउँपालिकाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी धनिकला घर्तीले तीन हजार २५१ मत प्राप्त गरी विजयी भइन् । उपाध्यक्षमा नेकपा एमालेका प्रेम घर्तीले दुई हजार ६८९ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वी रहेका थिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ