arrow

संसद बैठक शोक प्रस्ताव पारित गरेर स्थगित

logo
प्रकाशित २०७४ असार १८ आइतबार
sansad-nirwachan.jpg.jpeg

काठमाडौँ । व्यवस्थापिका– संसद बैठकले सांसद महिन लिम्बूको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

संसद्को आइतबार बसेको बैठकमा सभामुख ओनसरी घर्तीले एमालेका तर्फबाट प्रतिनिधित्व गर्ने सांसद लिम्बूको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेपछि बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।

सांसद लिम्बूको निधनमा एक मिनेट मौनधारण पनि गरिएको थियो । सांसद लिम्बूको यही असार १० गते ६० वर्षका उमेरमा अर्बुद रोगका कारण धरानस्थित बिपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा उपचारको त्रममा निधन भएको थियो ।

एमाले केन्द्रीय सदस्यसमेत रहनुभएकी लिम्बूले गाविस अध्यक्ष–उपाध्यक्ष राष्ट्रिय महासङ्घको केन्द्रीय अध्यक्ष एवम् नेपाल महिला सङ्घको सचिवको जिम्मेवारी समेत सम्हालेकी थिइन् । संसद्को अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ