arrow

धनकुटामा बहुदल आएको छ कि छैन, ओली ज्यू ?

ओलीको यो तीखो वचनले रुकुम र रोल्पाका आफ्नै कार्यकर्तामाथि अपमान भएको छ

logo
प्रकाशित २०७४ असार १८ आइतबार
KP-oli-talking-new.jpg.jpeg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा माओवादी माथि ठूलै झटारो प्रहार गरे । सबै स्थानीय तहमा माओवादी विजयी भएर नयाँ कीर्तिमानी कायम गरेको रुकुम र रोल्पालाई उनले गणतन्त्र र लोकतन्त्र नपुगेको ठाउँमात्रै भनेनन् त्यहाँका मानिसहरुले अझैसम्म पनि स्वतन्त्र रुपमा मतदान गर्न पाउने नगरेको आरोप समेत लगाए । 

कुनैपनि स्थानीय तहमा आफूले विजय हाँसिल नगरेपछि आक्रोशित बनेका ओलीले रुकुम र रोल्पामा बहुदल नआएको बताएर त्यहाँका स्थानीय मतदातालाई अपमान गर्न समेत पछि परेन् । उनले रुकुम रोल्पामा लोकतन्त्र तथा गणतन्त्र आउनु  परको कुरा बहुदल समेत नआएको दाबी गर्दै ती जिल्लामा अझैं पनि आतंकको छाँयामा बाँचेको  आरोप लगाए । 

ओलीले आतंकको आरोप फिँजाईरहेको रुकुम र रोल्पा जिल्लामा मतगणनाअवधि भर कुनैपनि यस्ता गतिविधिहरु देखिएनन् कि जसले त्यहाँ धाँदली भएको भन्ने बारे न त त्यहाँका कुनै रिपोर्ट आएको छ त्यहाँका मतदाताहरुलाई आतंकमा पारेको भन्ने बारेमा । त्यहाँ पनि सबै स्थानीय तहहरुमा एमालेका पार्टी प्रतिनिधिहरु राखेर नै मत गनिएको थियो । कूल नौ वटा स्थानीय तहहरु मध्ये नौै वटैमा प्रमुख उपप्रमुख र अधिकांश वडा सदस्यहरु समेत माओवादीले जितेपछि ओलीले यस्तो आरोप लगाएका थिए । रोल्पामा पनि अधिकांश स्थानीय तह माओवादीले जित्ने सम्भावना रहेको छ । केही जितिसकेको छ । 

केपीओलीले यस्तो विवादास्पद कुरा बोलिसकेपछि शनिबार राती सम्पन्न मत परिणाममा एमाले धनकुटा जिल्लाको सबै स्थानीय तहमा विजयी बन्यो । कूल ७ वटा स्थानीय तहमा भएको निर्वाचनमा त्यहाँ सबै प्रमुख तथा उपप्रमुखहरु एमालेले जितेको छ । तर, एउटा प्रश्न एमाले अध्यक्ष ओली सामू आएको छ कि अहिले धनकुटामा चाहिँ बहुदल आएको छ कि छैन ? कि त मुलुकमा एमालेले जितेको ठाउँमा मात्रै निष्पक्ष र भय रहित रुपमा निर्वाचन भएको मानिने हो ? 

एमाले चुनाव आएपछि आफूले गणतन्त्र ल्याएको भनेर प्रचार गर्दै जाँदा के एमालेले गणतन्त्र र धर्म निरपेक्ष मुलुकको व्यवस्था सहित बनेको नेपालको संविधानमा हस्ताक्षर गर्दा मुलुकमा गणतन्त्र ल्याएको भनेर हौवा पिट्ने गरेको छ । तर, के केपी ओलीलाई आफ्नै मुलुकमा कतिवटा जिल्लामा बहुदल आयो भन्ने पनि थाहा छैन ? कि त रुकुम र रोल्पालाई एमालेले नेपालको जिल्ला नै मान्दैन । 

यसरी आफूलाई मत नहाल्नेहरुलाई गणतन्त्र नै नपुगेको ठाउँका मानिस मान्ने र अहंकारी प्रबृत्तिका कारण केपी ओलीले फेरि पनि रुकुम र रोल्पाबासीको अपमान गरेका छन् । जसले उनलाई भोट हाले ती मतदाताहरुले पनि अब आफ्नो पार्टी अध्यक्षको यस्तो तीखो बचनको खुलेर खण्डन गर्न सक्ने अवस्था देखिँदैन । 

संविधानसभाको दोस्रो निर्वाचनमा तीन वटै क्षेत्रमा माओवादीले विजय हाँसिल गरेको रुकुममा स्थानीय तहको पहिलो चरणको निर्वाचनमा सबै स्थानीय तह माओवादीले जितेको छ । पहिलो चरणको निर्वाचनमा कूल ३ सय ७७ जना जनप्रतिनिधिहरुको लागि भएको निर्वाचनमा माओवादीका ३ सय ६ जना उम्मेदवार विजयी बनेका थिए । यसमा गाउँपालिकाको प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र वडासदस्यहरु समेत समाबेश छन् । बाँकीमध्ये  पहिलो चरणको निर्वाचनमा नेपाली काँग्रेसका ६० जना उम्मेदवार र एमालेका ११ जना मात्रै विजयी भएका थिए । दोस्रो चरणको निर्वाचनमा एमालेको तीनवटा वडा जोडिएको छ ।  
ओलीको यो अभिव्यक्ति पछि रुकुम र रोल्पामा विजयी भएका आफ्ना उम्मेदवारलार्इ के ओलीले राजीनामा गराउलान् ? भन्ने चासो पनि धेरैमा देखिएको छ । उनकै अभिव्यक्ति अनुसार बहुदल नआएको ठाउँमा दलीय उम्मेदवारको महत्व के ?

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ