arrow

विराटनगरमा १२ घण्टासम्म पनि परिणाम सुनाइएन, सोमबार ठूलो संख्यामा गणक थप्ने

अब दुई–दुई घण्टामा परिणाम सुनाइने

logo
प्रकाशित २०७४ असार १८ आइतबार
biratnagar-mahanagarpalika-metro.png

मोरङ । विराटनगर महानगरमा आइतबार १२ घण्टासम्म पनि मत परिणाम नसुनाएको भन्दै तीब्र आलोचना भएको छ । आतबार विहान साढे ७ बजे मतपरिणाम सुनाएपछि राति अबेरसम्म पनि मत परिणाम नसुनाएको भन्दै आलोचना भएको हो ।

आलोचनाबीच बसेको सर्वपक्षीय बैठकले सोमबारबाट भारी मात्रामा गणकको संख्या बढाउने र दुई–दुई घण्टाको फरकमा मतपरिणाम सुनाउने निर्णय गरेको जिल्ला सहकर्मी कुमोद अधिकारीले बताए ।

उनका अनुसार सोमबारबाट कर्मचारी थपेर मतगणनालाई तीब्र पारिने सहमति भएको छ । आइतबार सम्म आइपुग्दा ७ स्थानमा मत गणना भएपनि कुनै पनि वडाको अन्तिम परिणाम आउन सकेन । महानगरको प्रमुख र उपप्रमुखमा नेपाली काँगे्रसको अग्रता भने कायमै छ ।

प्राप्त पछिल्लो मतपरिणामअनुसार प्रमुखमा काँग्रेसका भीम पराजुलीले ४ हजार ४ सय २१, एमालेका विनोद ढकाल तीन हजार २ सय ३५ र सङ्घीय समाजवादी फोरमका उमेश यादवले दुई हजार ६ सय १८ मत पाएका छन् ।

यस्तै, उपप्रमुखमा काँग्रेसका इन्दिरा कार्कीले तीन हजार ८ सय ३७, नेकपा (माओवादी केन्द्र) का नमीता न्यौपानेले एक हजार ८ सय ६ र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरी एक हजार ६ सय ८७ मत पाएका छन् । ताजा परिणाम अाउनै कठिनाई भइरहेकाे छ ।

विराटनगरमा काँग्रेस एक्लै चुनावी मैदानमा छ भने, एमाले र लोकतान्त्रिक फोरमको एउटा गठजोड र संघीय समाजवादी र माओवादी केन्द्रको अर्को गठजोड छ । दलीय सहभागिता र उम्मेदवार बढी भएकाले मत गणना गर्न ढिलाई भइरहेको बताइएको छ ।

अर्कोतिर दक्षिणी भेगमा सबै भन्दा बढी मत बदर भएको छ । पहिले एक्ला एक्लै चुनावी प्रचार भएको र पछि आएर गठबन्धन भएपछि मेधेसी बाहुल्य रहेको क्षेत्रमा धेरै म तबदर भएको पनि बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ