arrow

पुतलीबजार नगर प्रमुखलाई अख्तियारमा उजुरी

 जनताका प्रतिनिधि नै अधिकार दुरुपयोगमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ असार १८ आइतबार
putlibazar-nagar.jpg

स्याङ्जा। स्याङ्जाको सदरमुकाम रहेको पुतलीबजार नगरपालिका प्रमुख र नगरपालिका कार्यालयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखरामा उजुरी परेको छ । जनताबाट चुनिएका नगर प्रमुखलाई तिन विषयमा उजुरी परेको हो। गाडी भाडामा लिएर दुरुपयोग गरिएको, २ जना इन्जिनियर नियुक्ति गरिएको र नगरपालिकाको करबाट कार्यालय सजावट गरिएको विषयमा उजुरी परेको बताईएको छ । स्थानीयतह निर्वाचन भएर निर्वाचित भएको नगरपालिका प्रमुखले कार्यभार सम्हालेको दुई महिना नपुग्दै अख्तियारमा उजुरी परेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय पोखराका प्रमुख यदुप्रसाद पन्थीका अनुसार पुतलीबजार नगर प्रमुख र नगरपालिका विरुद्ध उजुरी परेको बताए । यस विषयमा अनुसन्धान अधिकृत खटाएर गोप्य अनुसन्धान भइरहेको बताएका छन् । उजुरीका बारेमा हामीले अनुसन्धान अधिकृत खटाएर अनुसन्धान भइरहेको छ प्रमुख पन्थीले भने,“छानविन प्रक्रिया अगाडी बढेकाले अहिले नै सबै भन्न मिल्दैन ।” पहिलो चरणको छानविनको रिपोर्ट आएपछि मात्रै केही भन्न मिल्ने पन्थीले भने । सबै विषय खोलीदिदा अनुसन्धानमा अफठ्यारो पर्ने भएकाले उजुरी परेको मात्रै खवर हाम्राकुरा डटकमलाई पन्थिले भने।

अख्तियारमा उजुरी परेको भने पुतलीबजार नगरपालिकाका कार्यकारी अधिकृत बासुदेव रेग्मी अनविज्ञ रहेको बताएका छन् । अहिले सम्म अख्तियारमा उजुरी परेको जानकारी आएको छैन कार्यकारी अधिकृत रेग्मीले भने,“नगरपालिकामा दिनकादिन अख्तियारमा उजरी परीरहन्छन् यो कुनै नौलो भएन ।” कार्यकारी अधिकृत रेग्मीका अनुसार नगरपालिकामा पहिला पनि उजुरी परिरहेको खुलासा गरेका छन् । नगरपालिकाका कर्मचारीलाई दुःख दिने नियतले अख्तियारमा उजुरी दिने गरेको रेग्मीको भनाई छ । 

सदरमुकाममा रहेको पुतलीबजार नगरपालिका जिल्लाकै ठुलो र सम्पन्नशाली नगरपालिकाको रुपमा मानिन्छ । तर बेला बेलामा नगरपालिकाको विवाद बाहिर आएकै हुन्छ । विवादै विवादले समय अवधि नपुगेर कार्यकारीहरु पनि सरुवा हुने गरेका घट्नाहरु प्रशस्त छन् । यही अवस्थामा स्थानीय तहको निर्वाचनबाट जनताले चुनेका प्रतिनिधि आएपछि पनि पुतलीबजार नगरपालिका फेरी अख्तियारमा फसेको छ । नगरपालिका प्रमुख सीमा क्षेत्रीले आफु पनि अख्तियारमा उजुरी परेको भन्ने खवरबाट बिमुख भएको बताउछिन् । गाडी दुरुपयोग, इन्जिनियर नियुक्ति र नगरपालिकाको करलाई फजुल खर्च गरेको आरोप सहित उजुरी परेको छ रे नी भनेर हाम्रा कुरा डटकमले सोधेको प्रश्नमा नगर प्रमुख क्षेत्रीले भनिन् सबै विषयमा प्रक्रिया अनुसार नै प्रयोग र काम गरेका छौ । आफु नगर प्रमुखमा निर्वाचित नहुदै नगरपालिकाले बा.२ च. २५५५ नम्वरको गाडी भाडमा लिएको दावी गरेकी छन् । 

विभिन्न मिडियामा गाडी खरिद र भाडामा नलिनु भन्ने खवर पाएपछि स्थानीय विकास मन्त्रालयका कार्यबहाक सचिव डा. हरी पौडेल सगँको सल्लाह र सुझावमा नै आफुले गाडी प्रयोग गरेको नगर प्रमुख क्षेत्रीको भनाई छ । नगरपालिकामा साधन र स्रोतको अभाव भएकाले गाडी भाडमा लिन मिल्ने हो वा होइन भनेर मन्त्रालयका सहसचिव पौडेल सगँ छलफल गरेर जनप्रतिनिधिलाई आवश्यक परेमा प्रयोग गर्न पाइने बताएको क्षेत्रीको भनाई छ । नगरपालिकामा एउटा पनि इन्जिनियर नभएकाले र नगरको काममा अफठ्यारो भएको महशुष गरी प्रक्रियाबाटै २ जना इन्जिनियर नियुक्ति गरिएको क्षेत्रीले बताएकी छन् । 

अख्तियारमा परेको उजुरीमा स्थानीय विकास मन्त्रालयको निर्णय अनुसार तत्काल गाडी खरिद र भाडामा नलिन गरेको निर्देशनको उलङघन गर्दै पुतलीबजार नगरपालिका प्रमुखले दैनिक ७ हजार तिर्ने गरी गाडी भाडामा लिइएको, पक्रिया नै नपु¥याई इन्जिनियर नियुक्ति मात्रै होइन नातेदारलाई गरिएको र नगरपालिकाबाट उठेको करबाट विकास निर्माण भन्दा पनि कार्यालय सजावट गरिएको आरोप सहित उजुरी परेको स्रोतले जनाएको छ । दैनिक सात हजार तिर्ने गरी दुई ओटा गाडी लिइएकोमा मन्त्रालयको निर्देशन पछि एउटा गाडी भने फिर्ता गरिएको बताइएको छ । 

२० बर्ष पछि भएको स्थानीय तहको निर्वाचन नसकिदै उजुरी पर्नुले भोलीका बाँकी समयमा जनताका प्रतिनिधिले कस्तो काम गर्ने छन् भन्ने प्रश्न पुतली बजार नगरपालिकाले उठाएको छ । ५ बर्ष सम्म जनताले चुनेका प्रतिनिधिलाई कार्यभार सम्हालेको दुई महिना नपुग्दै उजुरी पर्न थालेपछि आगामी दिनमा जनप्रतिनिधिबाट कस्तो अपेक्षा गर्ने भन्ने विषय बहस हुन थालेको छ । जनताकै प्रतिनिधि अधिकार दुरुपयोग गर्नमै तल्लिन हुन थालेमा स्थानीय तहको निर्वाचन निरार्थक हुने विज्ञहरु बताउछन् । लामो समय पछि भएको स्थानीय तहको निर्वाचनले स्थानीय विकासमा फड्को मार्ने अपेक्षा गरेका जनता “हात्ती आयो हात्ती आयो फुस्सा” हुने त होइन भन्नेमा चिन्तित देखिन्छ । नगरपालिकाका लागि परेको उजुरी माथी अख्तियारले गरेको छानविन पछि मात्रै वास्तविकता उजागर हुने छ । यसका लागि भने अख्तियारको छानविन पर्खिनु पर्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ