arrow

कन्फेडेरेशन कप फुटबलको उपाधि जर्मनीलाई, फाइनलमा चिली पराजित

पोर्चुगललाई तेस्रो स्थान

logo
प्रकाशित २०७४ असार १९ सोमबार
germany-confederation-cup-football.jpg

रुस । रुसमा भएको कन्फेडेरेशन कप फुटबलको उपाधि जर्मनीले जितेको छ । फाइनलमा चिलीलाई १–० ले पराजित गर्दै जर्मनीले उपाधि जितेको हो । 

विश्व च्याम्पियन जर्मनीलाई विजयी गराउन खेलको २० मिनेटमै लार्स स्टान्डिलले निर्णायक गोल गरेका हुन् । कोपा अमेरिका विजेता चिली र जर्मनी एकै समूहमा रहेका थिए । 

त्यो खेल भने बराबरीमा सकिएको थियो । तर फाइनलमा उल्लेखनीय प्रदर्शन गर्न नसकेको चिली पराजित भयो । 

पहिलो पटक कन्फेडेरेशन कप जितेको जर्मनीका लागि गोलकिपर कार्क एन्द्रे टर स्टेगेनले आकर्षक बचाउ गरेसंगै जित सुनिश्चित भएको हो । 

पोर्चुगलले भने तेस्रो स्थान ओगटेको छ । पोर्चुगलले मेक्सिकोलाई २–१ ले हराएको हो । ५५ औं मिनेटमा आत्मघाती गोल खाएर पछि परेको पोर्चुगललाई पेपेले ९० औं मिनेटमा गोल दिलाउँदै बराबरी गरे । 

त्यसपछि एक्स्ट्रा टाइममा धकेलिएको खेलको १०४ औं मिनेटमा एद्रियन सिल्भाले पेनाल्टीबाट गोल गरेपछि पोर्चुगल विजयी भयो । 

खेल भने तनावपूर्ण रह्यो । १०६ मिनेटमा पोर्चुगलका नेल्सिन्हो र ११२ औं मिनेटमा राउल जिमेनेजले दोहोरो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेको थियो । 

Germany players celebrate with the trophy after winning the controversial game

Lars Stindl of Germany celebrates scoring his side's first goal with team-mate Timo Werner

Stindl was left with a simple tap in after Werner found him unmarked in the penalty box

Marc-Andre ter Stegen celebrates as the referee blows the full-time whistle on the match

Alexis Sanchez looks on in frustration as his Chile side struggle to come to terms with defeat

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ