arrow

१९५ उत्तरपुस्तिका हराएपछि अर्को परीक्षा लिन परीक्षा नियन्त्रण कार्यालयको यस्तो बहाना 

logo
प्रकाशित २०७४ असार १९ सोमबार
tribhuvan-university.jpg

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातकोत्तर तह पहिलो वर्षको परीक्षा दिएका एक सय ९५ जना परीक्षार्थीको उत्तरपुस्तिका हराइदिएको छ ।

धोबीचौरस्थित पब्लिक युथ क्याम्पसमा एमबीएस प्रथम वर्षको परीक्षा दिएका एकाउन्टिङ विषयको उत्तरपुस्तिका हराइएको हो । चैतमा परीक्षामा सम्मिलित तीन सय परीक्षार्थीमध्ये एक सय ९५ जनाको नतिजा अनुपस्थित आएपछि रहस्य खुलेको हो ।

गत साता सार्वजनिक नतिजामा अनुपस्थित भएको घटनालाई परीक्षा नियन्त्रण कार्यालयले सुरुमा गोप्य राखेर परीक्षार्थीलाई परीक्षामा हाजिर नगरेका कारण अनुपस्थित आएको र फेरि परीक्षा दिनुपर्ने बताएको थियो ।

कार्यालयले परीक्षा हाजिर नै नगरेको दाबी गरे पनि क्याम्पसले परीक्षा केन्द्र रहेको बसुन्धारास्थित साउथ वेस्टर्न स्टेट कलेजमा गएर विद्यार्थीको हाजिरीको प्रतिलिपि पेस गरेको थियो ।

हाजिरीको प्रतिलिपि पेश गर्दै नतिजा प्रकाशन गरिदिन कार्यालयलाई दबाब दिएपछि मात्र उत्तरपुस्तिका हराएको पनिकाले पुष्टि गरेको हो । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ