arrow

वनले जग्गा नदिएपछि नरेन्द्र मोदीको नेपाल भ्रमण कार्यक्रम अवरुद्ध

logo
प्रकाशित २०७४ असार १९ सोमबार
modi-new-dahal-.jpg-l.jpg.jpeg

काठमाडौं । वनले जग्गा उपलब्ध गराउन ढिलाइ भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्याश गर्न आउने कार्यक्रम प्रभावित भएको छ ।

साढे दुई वर्षअघि लगानी बोर्ड र भारतीय सरकारी कम्पनी सतलजबीच आयोजनाका लागि आवश्यक वन क्षेत्रको जग्गा २१ महिनाभित्र उपलब्ध गराउने उल्लेख भए पनि हालसम्म प्राप्त गर्न सकेको छैन ।

अरुण तेस्रोका लागि आवश्यक १ सय २४ हेक्टर वनको जग्गा उपलब्ध भएपछि आयोजनाको शिलान्याश गर्ने सतलजको योजना छ ।

आगामी अक्टोबरदेखि निर्माण थाल्ने र सोको लागि मोदी आउने योजना भए पनि वनको जग्गा स्वीकृति नभइ शिलान्याश गर्न असम्भव भएकाले मोदी आउने अनिश्चित बनेको बोर्डका एक अधिकारीले जानकारी दिए । (कारोबार दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ