arrow

दूरसञ्चार प्राधिकरणको वरिष्ठ निर्देशकमा खनालद्वय सिफारिस

logo
प्रकाशित २०७४ असार १९ सोमबार
NTA-logo.png

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणको पदपूर्ति समितिले कार्य क्षमता मुल्याङनको आधारमा विभिन्न कर्मचारीहरुलाई बढुवाको लागि सिफारिस गरेको छ । वरिष्ठ निर्देशकहरुमा प्राविधिक तर्फ आनन्दराज खनाल र प्रशासन तर्फ पुरुसोत्तम खनाललाई सिफारिस गरिएको छ । दुवै जना लामो समयदेखि प्राधिकरणको निर्देशक पदमा रहेर काम गर्दै आएका कर्मचारी हुन् ।

प्राविधिक तर्फको निर्देशक पदमा उपनिर्देशकहरु अमर स्थापित र मीनप्रसाद अर्याल सिफारिस भएका छन् । त्यसैगरी, प्रशासन तर्फको निर्देशकमा दिपेश आचार्य र अर्जुन घिमिरेलाई सिफारिस गरिएको बताइएको छ । त्यसैगरी विविध सेवा तर्फ भने सुरेन्द्रलाल हाडालाई निर्देशकको लागि सिफारिस गरिएको छ ।

प्राधिकरण दुरसञ्चार क्षेत्रको नियगमन निकाय हो । दुरसञ्चार क्षेत्रमा आएको तिब्र बिकासको कारण यस क्षेत्रको अनुमगन तथा ब्यवस्थापनमा प्राधिकरणले सशक्त भूमिका खेल्नु पर्ने आवाज उठ्दै आएको छ । टेलिकम सेक्टरलाई व्यवस्थित बनाउन प्राधिकरणले नयाँ कर्मचारी थप्ने तथा आन्तरिक वढुवाको लागि काम भइरहेको बताएको छ । बढुवाको लागि पदपूर्ति समितिले गरेको सिफारिसमा दावी बिरोध नआएमा ३६ दिन देखि स्वत: कार्यान्वयनमा आउने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ