arrow

विधुत नदिने, महशुल बढाउने !

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
NEA.jpg.jpeg
काठमाडौं। निजी क्षेत्रका उर्जा उत्पादकहरुको संस्था इप्पानले ३० प्रतिशत विद्युत महशुल बढाउन माग गरेको छ ।
 
नयाँ पत्रिकामा खबर छ -इप्पानका अध्यक्ष खड्गबहादुर विष्टले विद्युत आयोजनामा लगानी बढाउन, उचित प्रतिफलको सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको आर्थिक स्थिति सुधार्न उपभोक्ता महशुल ३० प्रतिशत बढाउनुपर्ने बताएको छ ।
 
‘३० प्रतिशत विद्युत महशुल वृद्धि गरी सोही आधारमा निजी क्षेत्रका आयोजनासँग गरिने विद्युत खरिद-बिक्री सम्झौता दरमा पनि समायोजन गरिनुपर्छ,’ उनले भने ‘विद्युतको बहुआयामिक प्रयोग बढाउन, उच्चतम माग हुने समय, मौसमी र जलाशययुक्त आयोजनाको पिपिए दररेट ६ महिनाभित्र निर्धारण हुनुपर्छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ