arrow

कालाबजारी मार्फत सरकारलाई सहयोग !

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Kamal-Thapa.jpg.jpeg
काठमाडौं । नाकाबन्दीले पेट्रोलियम तथा दैनिक उपभोग्य अभाव चर्किरहेका बेला त्यसको सामना गर्न साथ दिएको भन्दै सरकारले कालाबजारियाकै प्रशंसा गरेको छ । भारतीय नाकाबन्दीसँगै बढ्दो अभावको मौका छोपेर मौलाएको कालोबजारीमा नियामक संयन्त्रकै साथ रहेको आलोचना खेपिरहेको सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नै कालाबजारियाबाट सहयोग पाएको भन्दै उनीहरुको गुनबखान गरे ।
 
'मुलुक नाकाबन्दीको मारमा परेका बेला निजी क्षेत्र र व्यापारीले सरकारलाई सहयोग गरेनन्,' नेपाल चेम्बर अफ कमर्सद्वारा मंगलबार राजधानीमा आयोजित 'द्विपक्षीय आर्थिक सम्बन्ध सहजीकरणका लागि आर्थिक कूटनीतिको भूमिका' विषयक कार्यक्रममा थापाले भने, 'बरु कालाबजारियाले सरकारलाई धेरै सहयोग गरे ।'
 
देशमा कालो अर्थतन्त्र (भूमिगत अर्थतन्त्र) मौलाउँंदै गएर नागरिकको जीवन कष्टकर भइरहेका बेला उपप्रधानमन्त्री थापाले सार्वजनिक रुपमै कालाबजारियाले सरकारलाई मद्दत गरेको स्विकारे ।
 
कार्यक्रममा उनले नाकाबन्दी खुलाउन र उपभोक्तालाई सहज आपूर्ति मिलाउन सरकारबाट केकस्तो प्रयास भयो भन्ने खुलाएनन् । उनी चीन भ्रमणमा जाँदा आम नागरिकमा सरकारले वैकल्पिक आपूर्ति व्यवस्थाको ठोस सम्झौता गर्ने आस गरेका थिए । तर, उनले सहयोग गर्ने उधारो वचन मात्र लिएर आए ।
 
२०४५ सालको नाकाबन्दीका बेला निजी क्षेत्रले सरकारलाई सहयोग गरेको स्मरण गर्दै थापाले नाकाबन्दीको समयमा निजी क्षेत्रले सरकारलाई सहयोगको सट्टा 'हामी टाटपल्टिन लाग्यौं' भन्दै साँचो सरकारलाई बुझाउनु सरासर धोका भएको आरोप पनि लगाए ।
 
नागरिक दैनिकमा खवर छ - संविधान निर्माणपछि नेपालमा लामो समयदेखिको संक्रमणकाल अन्त्य हुन लागेको र सरकार अब निजी क्षेत्रको सहकार्यमा अगाडि बढ्ने र आर्थिक कूटनीतिलाई सँगसँगै लैजाने भन्ने पनि उनले छुटाएनन् ।
 
'अब सरकारले विदेशी नियोगमा व्यापार, पर्यटन, लगानी, आर्थिक विकास र रोजगारीका क्षेत्रमा काम गर्नेछ,' उनले विगतका मन्त्रीहरुले झैं भाषण गरे । मन्त्रालयको विदेशस्थित नियोगबाट सरकारी प्रतिनिधित्व मात्र नभई निजी क्षेत्रको प्रतिनिधिका रुपमा समेत काम गर्ने तयारी भइरहेको दाबी गर्दै उनले नियोगको आर्थिक कूटनीतिक जिम्मेवारी किटानी गर्न लागिएको बताए ।
 
भारतसँगको कूटनीतिक प्रयासस्वरुप रक्सौलबाहेक अरु सबै नाका खुला भएको र केही दिनमै उक्त नाकासमेत सहज हुने उनले बताए ।
 
नेपालमा आर्थिक कूटनीतिको चर्चा सुरु भएको करिब दशकसम्म पनि यो विषय भाषणमा मात्र रहेको पछिल्ला तीन महिनाका घटनाक्रमले स्पष्ट पारिसकेको छ ।
 
कार्यक्रममा उद्योगी व्यवसायीले भारतसँगको सीमा नाका खुलाउन कूटनीतिक पहल गरी नागरिकको जनजीवन सहज बनाउन आग्रह गरेका थिए । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीनसँग समानान्तर व्यापार तथा पारवाहन सन्धि गर्न सुझाव दिएका थिए ।
 
उनले भूकम्पयता खासाका गोदाममा करिब ४ अर्ब रुपैयाँ बराबरका नेपाली व्यवसायीका सामान रोकिएकाले चीनसँगको नाका खुलाउन आग्रह गरेका थिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ