arrow

मुसिकोट नगरपालिकाको पहिलो निर्णय : वडामा सहज बाटो र पीडितलाई राहत 

logo
कौरव खत्री,
प्रकाशित २०७४ असार २१ बुधबार
musikot-janapartinidi.jpg

गुल्मी ।मुसिकोट नगरपालिकाको नवनिर्वाचित नेतृत्वले आफ्नो पहिलो बैठक बसी मुसिकोटमा आफ्ना कामहरु सुरु गर्ने निर्णय गरेको छ ।

बैठकले मुसिकोटका प्रत्येक वडाहरुमा पुग्ने कम्तिमा एउटा व्यवस्थित सडक निर्माण गर्ने पहिलो निर्णय गरेको छ । बर्षादको समयमा सधैजसो बन्द हुने सडकहरुलाई व्यवस्थित र स्तरोन्नती गर्न तत्काल लागि पर्ने मुसिकोट नगरपालिकाका  मेयर सोमनाथ सापकोटाले जानकारी दिए ।

त्यसैगरी मुसिकोटका दैवि पीडितहरुलाई ५ हजारका दरले राहत समेत वितरण गरिने उनले जानकारी दिए । ‘पीडित पक्षबाट निवेदन माग गरीनेछ’ उनले भने । ‘आवश्यकता अनुसार अनुगमन निरिक्षण गरेर ५ हजार बरावरको राहत प्रदान गरिनेछ’  ।

प्रत्येक वडा कार्यालयहरु व्यवस्थापन, नियमित अफिस सञ्चालन, वडा सचिवहरु सदरमुकाम गएर बस्ने परम्परा निषेध गर्ने लगायतमा पनि निर्णय गरीएको छ । वडा कार्यालय व्यवस्थापन तथा सञ्चालनको लागि घरजग्गा भाडामा लिने लगायतका अन्य पुर्वाधारका कामहरु गरिने भएको छ ।

मेयर सापकोटाले एक हप्तामै नगर परिषदको निर्वाचन गरी बैठक बसेर काम सुरु गर्ने जानकारी दिए । सापकोटा अहिले प्रत्येक वडाहरुमा पुगी पदभार ग्रहण गराइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ