arrow

नेविसंघ त्रिवि समितिमा आचार्य 

logo
प्रकाशित २०७४ असार २१ बुधबार
hari_acharya1.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघको त्रिभुवन विश्वविद्यालय समितिमा हरि आचार्यलार्इ चयन गरिएको छ । बुधबार बसेको त्रिवि नेविसंघको बृहद् बैठकले एक सय एक सदस्यीय उक्त समितिको अध्यक्षमा आचार्यलाई चयन गरेको हो । 

त्रिविका पूर्व विद्यार्थी नेता शंकर पौडेलको नेतृत्वमा बसेको उक्त भेलामा उक्त भेलामा नेविसंघ उपाध्यक्ष रामप्रसाद अधिकारी, डिल्लीराम सुवेदी, सहमहामन्त्री माधव ढकाल र झण्डै आधादर्जन केन्द्रीय सदस्यहरुको उपस्थितीमा उनलाई सभापति घोषणा गरिएको हो  ।

२ वर्षे कार्यकालका लागि आएका उनले एक साता भित्र रिक्त सदस्यलाई पूर्ति गर्नुपर्ने हुन्छ । त्रिवि इकाई समिति त्रिभुवन विश्वविद्यालयका क्याम्पस ईकाई भन्दा माथिल्लो संरचना हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ