arrow

लुम्बिनी नगरपालिकाको पाँच वडामा फोरम नेपालको झण्डा

logo
प्रकाशित २०७४ असार २१ बुधबार
fourm_nepal.jpg

रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाको पाँच वटा वडा अध्यक्षमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् । मेयर र उपमेयरको मतगणना भइरहँदा ३, ७, ८, ११ र १३ नम्बर वडाको वडाअध्यक्षमा फोरम नेपालले जित हासिल गरेको हो ।  

वडा नम्बर ६ पर्साको अध्यक्षमा नैमुल हक मुसलमान, वडा नम्बर ७ भैसहियाको अध्यक्षमा धुव्र यादव, वडा नम्बर ८ भरवरियाको अध्यक्षमा सरफुद्दीन खान, वडा नम्बर ११ मसिनाको अध्यक्षमा अकरम मुलसमान र वडा नम्बर ३ पडरियाको अध्यक्षमा अकरामुद्दीन नाऊ विजयी भएका छन् ।

पडरियाको एक वडा सदस्य बाहेक पाँच वटै वडा अध्यक्षमा फोरम नेपालको प्यानलनै जितेको संघीय समाजवादी फोरम नेपालको तर्फबाट लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर उम्मेदबार फखरुद्दीन खानले जनाकारी दिए ।

लुम्बिनी नगरपालिकामा बाकी रहेका १२ र १३ गरी दुई वटा वडाको मतगणना वुधबार रातिसम्म टुंगिने अनुमान छ । यो नगरपालिकामा फोरम नेपालबाट फखरुद्दीन खान र राजपाका स्वतन्त्र उम्मेदबार मनमोहनबीच कडा टक्कर देखिएको छ । यसअघि फोरम नेपालले रुपन्देहीको तीन वटा गाउँपालिकामा विजय हासिल गरिसकेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ