arrow

धनगढी उपमहानगरमा काँग्रेसले लियो अग्रता, प्रमुखमा २२ सय मत बदर

logo
प्रकाशित २०७४ असार २१ बुधबार
Dhangadhi_Upamahanagarpalika.png

काठमाडौं । प्रदेश ७ को आकर्षण धनगढी उपमहानगरपालिकामा फेरि काँग्रेसले अग्रता लिएको छ । १२ घन्टाको अन्तरालपछि भएको पछिल्लो परिणाम अनुसार प्रमुखमा काँग्रेस उम्मेदवार नृप वडले अग्रता लिएका हुन् ।  

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार झण्डै ३१ हजार मत गणना गर्दा काँग्रेस उम्मेदवार वडले ७ हजार ९ सय ७६ मत ल्याएका छन् । यसअघि अग्रता लिएका स्वतन्त्र उम्मेदवार गोपाल हमालले ७ हजार ७ सय ६६ मत पाएका छन् ।

एमाले उम्मेदवार दुर्गाप्रसाद जोशीले ५ हजार ८ सय २९ ल्याएका छन् । उपप्रमुखमा काँग्रेस उम्मेदवार सुशिला मिश्रले ९ हजार ८ सय ६७ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार रुकमणी देवकोटाले ७ हजार ४ सय ११ मत प्राप्त गरेकी छन् ।  

माओवादी केन्द्रले प्रमुखमा ४ हजार ९ सय ९० र उपप्रमुखमा ५ हजार ५ सय ४० मत ल्याएको छ । माओवादी केन्द्रबाट प्रमुखमा रामसमज राना र उपप्रमुखमा शान्ति अधिकारी क्षेत्री उम्मेदवार छन् । यस्तै, धनगढी उपमहानगरमा प्रमुखमा २ हजार २ सय ५३ र उपप्रमुखमा १ हजार ६ सय ५८ मत बदर भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ