arrow

प्राथमिकतामा अंग्रेजी, गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमको शिक्षा 

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
solukhumbu.png

सोलुखुम्बु । दूधकौसिका गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिने भएको छ । 

नवनिर्वाचित गाउँपालिका अध्यक्ष असिम राईले बुधबार पदभार ग्रहण गर्नुभएसँगै सम्पूर्ण सामुदायिक विद्यालयमा जनशक्ति व्यवस्थापन गरी अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने निर्णय गर्नुभएको कार्यकारी अधिकृत श्याम न्यौपानेले जानकारी दिए । 

नवनिर्वाचित अध्यक्ष राईले प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि सम्भाव्यता अध्ययन गर्ने, भ्रष्टाचार र सेवामा ढिलासुस्ती नियन्त्रण गर्न सिसिटिभी जडान गर्दै छिटोछरितो ढङ्गबाट सेवा प्रदानमा जोड दिने निर्णय र डिजिटल हाजिरीको व्यवस्था गर्ने पनि निर्णय गरे । 

बुधबार गाउँपालिकाको कार्यालयमा उहाँ उपस्थित नभएपछि बुधबारका लागि पदभार ग्रहणको कार्यक्रम राखिएको पनि कार्यकारी अधिकृत न्यौपानेले जानकारी दिए । 

गाउँपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका असिम राई र उपप्रमुखमा नेपाली काँग्रेसकी सबिता राई निर्वाचित भएका हुन् । 

जिल्लाकै सबैभन्दा धेरै जनसङ्ख्या रहेको यस गाउँपालिकाका ४ वटा वडा माओवादी केन्द्र, ३ वटा वडा नेपाली काँग्रेस र एक वडा एमालेले जितेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ