arrow

चीनले दियो भारतलाई सिक्किम छुट्टाउने चेतावनी 

''भारतको 'दलाई लामा' कार्ड औचित्यहीन''

logo
प्रकाशित २०७४ असार २२ बिहिबार
india_sikkim_china.jpg

काठमाडौं । चीनले भारतलाई सिक्किम छुट्टाउने चेतावनी दिएको छ । बुधबार चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाईम्सले लेखेको सम्पादकीयमा भारतले सिक्किम कसरी अपधस्त गरेको छ भन्ने कुरा सारा विश्वलाई चेतना भएको भन्दै भारतको अतिवाद चलिरहे चीनले सिक्किमलाई स्वतन्त्र राज्य बनाउन आफूले पनि पहल गर्ने चेतावनी दिएको छ । सम्पादकीयमा भारतले चीनमाथि प्रयोग गरेको दलाईलामा कार्डले चीनलाई केही असर नगर्ने भन्दै त्यो कार्ड अब पुरानो भईसकेको जनाएको छ । चिनियाँ समुदायले सिक्किम छुट्टिन चाहेमा खुल्ला हृदयले सहयोग गर्ने पनि बताएको छ । 

सम्पादकीयमा भारत आफ्नो औपनिवेशिक नीति लिएर हिँडेको भन्दै भुटानलाई पनि सिक्किमीकरण गर्ने प्रयासमा भारत रहेको आरोप लगाएको छ । भारतले दबाब बढाएपछि अहिले भुटान आफ्नो कूटनीतिक रुपमा कमजोर स्थिती प्रदर्शन गर्न थालेको बताउँदै यस्तो स्थितीले भारतलाई फाईदा नहुने चेतावनी पनि दिएको छ । अहिले भुटानको विदेश नीति भारतले नै हेर्ने गरेको छ । 

सम्पादकीयमा लेखिएको छ 'भारतको असीमित दबाबका कारण अहिले भुटानको चीन लगायत अन्य यूएनका सदस्य मुलुकहरुसँग पनि राम्रो सम्बन्ध बन्न सकेको छैन । भारतले यही अनावश्यक दबाब दिएर भुटानको कूटनीतिक आधिपत्यमाथि हस्तक्षेप गर्दैछ । जसले भुटानको आफ्नो कूटनीतिक सम्बन्ध अन्य देशहरुसँग खतरामा परेको छ ।' 

नेपालको नाम कतैपनि उल्लेख नगरिएको सो सम्पादकीयमा भारतले साना हिमालयन मुलुकहरुमाथि अनावश्यक दबाब दिएर आफ्नो प्रभाव बढाउन खोजेको आरोप लगाईएको छ । पहिले भारतले सिक्किमसँग पनि यस्तै प्रतिरोधी नीति देखाएको थियो । जसरी सन् १९७५ मा आफ्नो प्रभावमा रहेको सिक्किका राजालाई ल्याउनको लागि पुराना राजालाई भारतले अपधस्त गर्यो । त्यसपछि संसद्मा आफ्नो प्रभाव जमाएर संसद्बाट जनमत संग्रहमा जाने निर्णय गराई सिक्किम आफ्नो मुलुकमा निहीत गराउन भारत सफल भयो । अहिले त्यस्तै दूराशय भारतको अहिले भुटानमा पनि देखिएको छ । सम्पादकीयमा उल्लेख छ । 

स्वतन्त्रता पाएपछि पनि भारतले साना हिमालय मुलुकलाई ब्रिटिसहरुले देखाएजस्तो औपनिवेशिक नीति अवलम्बन गर्दै आईरहेको भन्दै उक्त सम्पादकीयमा भारतको क्षेत्रीय आधिपत्य नीति अहिले बोर्डरमा देख्न सकिने बताएको छ । 

'विश्वले जानिरहेको छ नयाँदिल्लीले साना हिमालयका मुलुकहरुमाथि कति थिचोमिचो गरेको छ भन्ने कुरा । र अब यो पनि जान्नुपर्ने भएको छ कि भुटान अहिले किन धर्मसंकटमा परिरहेको छ । ऊ किन सधैं भारतको गुलाम बनेर बस्न चाहिरहेको छ । चीनले चाहेको खण्डमा भुटानको सम्प्रभुता भुटानलाई स्वतन्त्र रुपमा प्रदा गर्न सक्छ । भुटान र भारतबीच भएको असमान सन्धि तोड्न पनि सक्छ । तर त्यसको लागि भुटानले पनि चाहनुपर्यो ।' सम्पादकीयमा भनिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ