arrow

‘सरकारमा जाने हल्ला निराधार’ –फोरम नेपाल

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । सङ्घीय समाजवादी फोरम नेपालले पार्टी तत्काल सरकारमा सहभागी हुने हल्ला निराधार भएको जनाएको छ । 

पार्टीले विज्ञप्ति जारी गरी सरकारमा जाने वा नजाने कार्यसूचीबारे पार्टीमा आधिकारिक निर्णय र सामान्य छलफलसमेत नभएको स्पष्ट गरेको छ । 

‘चुनाव हुनै नदिई मधेसलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरुको षड्यन्त्रलाई परास्त गर्न जित वा हारको पर्वाह नगरी पार्टी चुनावमा होमिएको’ केन्द्रीय सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पार्टीले परिमार्जनसहित संविधान संशोधन गरी मधेसी, आदिवासी जनजाति, थारु, उत्पीडितलगायत अल्पसङ्ख्यक समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि सदा झैं प्रतिबद्ध रहने जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ