arrow

कस्तो काठमाडौं ? १० मिनेट पानी पर्दा जाम 

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
traffic-jam.jpg

काठमाडौं । उपत्यकामा करिब १० मिनेट ठूलो पानी पर्दा ट्राफिक व्यवस्थापनमा कठिनाइ हुने गरेको छ । फुटेका र जाम भएका ढलका कारण पानी सडकमै जम्मा हुँदा ट्राफिक जाम हुने गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार १० मिनेट मुुसलधारे पानी पर्‍यो भने करिब २५५ ट्राफिक समस्या थपिन्छ । मेलम्ची खानेपानी आयोजनाले खनेका सडकमा ढलको समस्या बढेको छ । केहीबेर पानी पर्दा एक दर्जनभन्दा बढी ठाउँमा ढलको पानी सडकमा आएर डुबान हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

यी सडकहरू बढी डुबानमा पर्छन्

पुतलीसडक, जमल, थापाथली, त्रिपुरेश्वर, चुच्चेपाटी, चाबहिल, मित्रपार्क, गोपीकृष्ण, बालाजु, तिनकुने, कलंकीदेखि नागढुंगासम्मको सडक,भोटेबहाल र मैतीदेवी क्षेत्र धेरै डुबानमा पर्ने खडकखण्ड भएको ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक मधुसुदन सिलवालले बताए ।

‘सडक डुबानमा परेपछि मोटरसाइकल तथा साना सवारीसाधन खाल्डोखुल्डीमा पर्ला भनेर त्यो बाटोको प्रयोग गर्दैनन्,’ सिलवालले भने, ‘त्यसले थप ट्राफिक समस्या निम्त्याउँछ ।’

ढलको सरसफाइ र मेलम्चीको समस्या समाधान नभएसम्म यो समस्याबाट चाँडै छुटकारा नपाइने उनले बताए । मेलम्चीको पाइप ओछ्याउन उपत्यकामा २५ देखि ३० ठाउँमा खनेका ठुल्ठूला खाल्डाले झन् समस्या आएको ट्राफिक महाशाखाले जनाएको छ ।

खाल्डामा पानी जम्मा भएपछि सवारीचालकले अर्को रुट प्रयोग गर्दा जाम बढ्ने र त्यसको असर सबैतिर पर्ने गरेको प्रहरी निरीक्षक सिलवालले बताए । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ