arrow

वेष्ट इन्डिजविरुद्धको एक दिवसीय सिरिज भारतलाई, कोहलीले तोडे सचिनको कीर्तिमान

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
birat-kartik.jpg

किंगसटन । वेष्ट इन्डिजविरुद्धको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । शुक्रबार बिहान किंगसटनमा सम्पन्न पाँचौं तथा अन्तिम खेलमा ८ विकेटको जित हासिल गर्दै भारतले सिरिज ३–१ ले जितेको हो । 

खेलमा वेष्ट इन्डिजले पहिले ब्याटिङ गर्दै ९ विकेटको नोक्सानीमा २०५ रन बनायो । साइ होपले ५१ तथा कायल होपले ४६ रन बनाएको इनिङमा सस्तैमा रोक्ने क्रममा मोहम्मद सामीले ४, उमेश यादवले ३ विकेट लिए । 

प्रतिउत्तरमा भारतले ३६.५ ओभरमै २ विकेटको नोक्सानीमा जित हासिल गर्‍यो । 

तेस्रो विकेटका लागि नटआउट १२२ रनको साझेदारी गर्ने क्रममा कप्तान विराट कोहलीले १११ तथा दिनेश कार्तिकले ५० रन बनाए । 

यो खेलमा ११५ बलमा सतक बनाएका कोहलीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेका छन् । 

लक्ष्य पछ्याउने क्रममा सतक बनाउने मामलामा कोहली सचिनभन्दा अगाडि बढेका हुन् । 

सचिनले लक्ष्य पछ्याउने क्रममा १७ सतक बनाएका थिए भने कोहलीले १८ सतक बनाएका छन् । 

अन्तिम खेलमा ३९ रन बनाएका अजिन्क्या रहाने म्यान अफ द सिरिज बनेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ