arrow

परराष्ट्रमन्त्री महराद्वारा ‘पासपोर्ट’ सार्वजनिक

logo
प्रकाशित २०७४ असार २३ शुक्रबार
DPM-Krishna-Bahadur-Mahara-returns-from-China-aa.jpeg

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राहदानी लिने प्रक्रियाका विषयमा सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले तयार गरिएको सन्देशमुलक वृतचित्र ‘पासपोर्ट’ सार्वजनिक गरेका छन् ।  

राहदानी विभागको सक्रियतामा तयार पारिएको उक्त वृतचित्रमा राहदानी लिनका लागि आवश्यक प्रक्रिया तथा कन्सुलर सेवा विभागबाट प्रवाह गरिने सेवाका विषयमा पर्याप्त जानकारी उपलब्ध गराइएको छ । 

झण्डै २४ मिनेट लामो वृत्तचित्रको सार्वजनिक भएसँगै सर्वसाधारणले इन्टरनेटबाटै राहदानी तथा कन्सुरसम्बन्धी जानकारी प्राप्त गरी लाभ लिन सकिने विश्वास लिइएको छ । उक्त वृत्तचित्र विभागको वेवसाइट, युट्युव, फेसबुकलगातका अन्य सामाजिक सञ्चालनमार्फत हेर्न सकिने विभागले जनाएको छ ।

मन्त्री महराले नारायणहिटीस्थित राहदानी विभागको  विभागीय जानकारी समेत लिए। उनले लाइभ इनरोलमेन्ट सेन्टर, राहदानी आवेदन फारम प्रशोधन कक्षहरु, गुनासो व्यवस्थापन शाखा तथा गुणस्तर परीक्षण शाखाको अवलोकन गरे । 

विभागको अवलोकन तथा जानकारी लिएपश्चात परराष्ट्रमन्त्री महराले विभागको कामकारबाहीलाई सेवाग्राही मैत्री बनाउन निर्देशन दिँदै सर्वसाधारणका गुनासालाई विशेष ध्यान दिनुपर्ने बताए । 

सो अवसरमा परराष्ट्र सचिव शङ्करदास वैरागीले विभागको कार्यसम्पादन, विद्यमान समस्या र भविष्यमा आइ पर्न सक्ने नीतिगत तथा व्यावहारिक चुनौतिका विषयमा जानकारी गराएका थिए । विभागका महानिर्देशक रामजी खड्काले विभागबाट प्रवाह हुने सेवा र सो कार्यमा देखिएका समस्याका विषयमा मन्त्रीलाई जानकारी गराए । 

यसैबीच भूतपूर्व ब्रिटिस गोरखा सैनिक संयुक्त सङ्घर्ष समितिले परराष्ट्रमन्त्री महरालाई भेटेर पूर्व ब्रिटिस सैनिकका मागका विषयमा पहल गरिदिन अनुरोध गरेको छ । 

परराष्ट्र मन्त्रालयमा सङ्घर्ष समितिको प्रतिनिधि मण्डलले परराष्ट्रमन्त्री महरालाई आज भेटर आफ्ना प्रस्तुत गरेको हो । मागबारे जानकारी गराउँदै सांसद् दिलमान पाख्रिनले २०० वर्ष अधिदेखिको समस्या समाधानमा पहल गरिदिन अनुरोध गरे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ