arrow

चन्द्रकोट गापाको पहिलो निर्णय : शैक्षिक सुधारका लागि कोष स्थापना

अध्यक्षले दिए १ लाख सहयोग

logo
कौरव खत्री,
प्रकाशित २०७४ असार २३ शुक्रबार
Chandrakot_Gaunpalika.png

गुल्मी ।  गुल्मीको चन्द्रकोट गाँउपालिकाको  पहिलो बैठकले महत्वपूर्ण कामहरु सुरु गर्ने निर्णय गरेको छ । बैठकले चन्द्रकोट गाँउपालिकासँग  सबैले हातेमालो गरौँ भन्ने अभियान अन्तर्गत  आर्थिक संकलन कोषको स्थापना गरिएको छ । यस गाँउपालिका भित्र र बाहिर स्वदेश तथा विदेशका विभिन्न स्थानहरुमा रहेका चन्द्रकोबासीहरुलाई कोषमा आवद्ध गरि सबै चन्द्रकोबासीहरुको अपनत्व हुने र  कोष सञ्चालनमा सबै दललाई प्रतिनिधित्व गर्ने समेत गाँउपालिका अध्यक्ष द्रोण खत्रीले जानकारी दिए ।

साथै अध्यक्ष खत्रीले भने,कोष मार्फत चन्द्रकोट गाँउपालिकाभित्र शैक्षिक सुधार अन्तर्गत गरिव,विपन्न,दलित बर्गका बालबालिकाहरुको शैक्षिक सुधार गर्ने र अबको ५ बर्षभित्र शान्तिपुर र तुराङ्ग मजुवामा एक-एक वटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने समेत बताए ।

अध्यक्ष खत्रीले भने,विजयीको खुशीयालीमा भोज भतेर गरेर ठूलो रकम खर्च गर्नुभन्दा उक्त भोज भतेरमा खर्च गर्ने रकम सामाजिक र रचनात्मक कार्यमा खर्च गर्नु आफ्नो लागि सान्र्दभिक भएकोले आफूले   १ लाख रकम  कोषमा जम्मा गरि  नयाँ कामको सुरुवात  गरेको बताए ।

बर्षादको समयमा अबरुद्ध सडकहरुलाई तत्काल सूचारु गर्ने र बाढी पीडितहरुलाई  अनुगमन निरिक्षण गरि राहत वितरण जस्ता निर्णय गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ