arrow

दोहोरी प्रतियोगितामा दोहोरी गीत प्रतिष्ठान प्रथम

logo
प्रकाशित २०७४ असार २४ शनिबार
lok-dohori.png

काठमाडौँ । सांस्कृतिक संस्थाद्वारा यही असार २० देखि २२ गते सम्म सञ्चालित राष्ट्रव्यापी खुला दोहारी गीत प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समिति प्रथम भएको छ । 

देशैभरिबाट १७ टोलीले भाग लिएको उक्त प्रतियोगितामा न्यु गोधुली साँझ दोस्रो, नीलहीरा समाज काठमाडौँ दोस्रो र न्यु डाँफे दोहोरी साँझ सुन्धाराले सान्त्वना पुरस्कार पाएका छन् । 

अन्तिम चरणको प्रतिस्पर्धामा पुरुषतर्फ प्रकाश पराजुली र महिलातर्फ मीना थापा उत्कृष्ट भए । समाजसेवी पृथ्वी थकालीले उत्कृष्ट हुनेलाई रु पाँच÷पाँच हजार थप गरी जनही रु १० हजार तथा प्रोत्साहन पुरस्कार पाउने दिनेश खड्का धवलागिरि र टीका सानु विक राप्तीलाई जनही रु पाँच पाँच हजार प्रदान गरे । 

प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख सहित सिल्ड, तक्मा र प्रमाणपत्र तथा द्वितीय हुनेलाई रु ५० हजार आदि प्रदान गरिएको थियो । यसैगरी तृतीय हुनेले रु २५ हजार र सान्त्वना हुनेले रु १० हजार पाए । 

लोकगायक मिलन लामाले वाद्यवादक कलाकारका लागि प्रोत्साहनस्वरुप रु १२ हजार तथा जुनकिरी दोहोरी साँझका सञ्चालिका तथा लोकगायिका सरु थापाले त्यसमा थप रु १० हजार प्रदान गरेका थिए । 

कार्यक्रममा वरिष्ठ लोक तथा दोहोरी गायक बमबहादुर कार्कीले संस्थानले लोक तथा दोहोरी गीतको प्रवद्र्धन र विकास गर्न गरेको प्रतियोगिता अत्यन्तै महत्वपूर्ण र सराहनीय भएको बताए । 

वरिष्ठ लोकगायक प्रजापति पराजुलीले नाचघरले दोहोरी गीतको प्रतियोगितामार्फत दोहोरी क्षेत्रकै सम्मान गरेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । संस्थानका महाप्रबन्धक राजेश थापाले राष्ट्रव्यापी दोहोरी गीतको प्रतियोगिता प्रत्येक वर्ष गरिने जानकारी दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ