arrow

 विराटनगर महानगरमा काँग्रेसको अग्रता कायमै

logo
प्रकाशित २०७४ असार २४ शनिबार
biratnagar-mahanagarpalika-metro.png

विराटनगर। विराटनगर महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका प्रमुख र उपप्रमुख पदका उम्मेदवारको अग्रता कायमै रहेको छ।

नेपाली काँग्रेसका भीम पराजुलीले १८ हजार ३०५ मत, नेकपा (एमाले)का विनोद ढकालले १३ हजार ३६४ मत र सङ्घीय समाजवादी फोरम नेपालका उमेश यादवले १२ हजार ४१७ मत ल्याउनु भएको छ।

यस्तै उपप्रमुखमा नेपाली काँग्रेसकी इन्दिरा कार्कीको १५ हजार ९४८ मत, नेकपा (माओवादी केन्द्र) की नमिता न्यौपानेको नौ हजार ६७९ मत र नेपाल लोकतान्त्रिक फोरमकी सूची चौधरीको आठ हजार २८४ मत रहेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ