arrow

चतुर्मासमा श्रावण महिनाको ब्रत कसरी बस्ने ?, नत्र पछुताउनुहोला नि !

logo
कल्की अवतार,
प्रकाशित २०७४ असार २४ शनिबार
shiva_brata.jpg

काठमाडौं । हिन्दू धर्मका प्रमुख १० वटा नियमहरु छन् : ईश्वर प्राणिधान, संध्योपासना, व्रत, तीर्थ, त्योहार, दान, यज्ञ, संस्कार, सेवा तथा धर्म प्रचारहरु रहेका छन् । ईश्वर प्राणिधानको अर्थ ब्रह्मा नै सत्य हुन् । उनकै प्रति समर्पित रहेर सन्ध्या बन्धना तथा एक विशेष प्रार्थना गर्ने गरिएको हुन्छ । ब्रह्माको पूजाको लागि एक दिनको आठ प्रहर मध्ये पनि दुई प्रहर एकदर्म शसभ हुने गर्दछ । ब्रतमा श्रावण महिनाको पूरै महिना उपवास राख्नु जरुरी रहेको छ । तीर्थमा चार धाम तथा काशी यात्राको मात्रै पनि पुण्य हुन्छ । दानमा अन्न दान श्रेष्ठ हुन्छ । त्योहार पर्वमा मकर संक्रान्ति तथा कुम्भ पर्व महत्वपूर्ण हुन्छ । यज्ञमा पञ्चयज्ञको महत्व बढी रहेको छ । सेवाको लागि अनाथ गरिब बृद्ध र देशको सेवा सबैभन्दा महत्वपूर्ण हुन्छ । १६ संस्कारको अनुरूप नै वैदिक नियमबाट महत्वपूर्ण कार्य सम्पन्न गर्नु जरुरी रहेको छ ।  त्यसैले आफैंभित्र धर्मको प्रचारप्रसार गर्नु आवश्यक रहेको छ । 

सप्ताहको कुरा गर्दा बिहीबार सबैभन्दा उत्तम देखिन्छ । तिथी अनुसार ब्रत बस्दा एकादशी तिथि नै सबैभन्दा महत्वपूर्ण तिथि हो तथा महिनाको कुरा गर्दा श्रावण महिना ब्रतको लागि सबैभन्दा महत्वपूर्ण महिना हो । श्रावण महिनामा बसिने उपाक्रम ब्रतको महत्व एकदमै धेरै रहेको छ । यसलाई श्रावणी समेत भन्ने गरिएको छ ।

महिनाभरी नै बस्नुपर्छ ब्रत

श्रावण महिनामा बसिने ब्रत सबैभन्दा श्रेष्ठ ब्रत मानिएको छ । यो पापको मेटाउने वाला र मनोकामना पूर्ति गर्नेवाला ब्रतको रुपमा साउन महिनाको ब्रतलाई मान्न सकिन्छ । हिन्दू धर्ममा श्रावण महिनाभरी ब्रत बस्ने प्रणालीबाट प्रभावित भएर नै सबै धर्मले एक महिना भरी ब्रत बस्ने प्रक्रियाको सुरुवात गरेका हुन् । 

जसरी गुड फ्राईडे मनाउन सुरु हुनुपूर्व ईसाईहरुले ४० दिनको उपबास बस्ने गरेका थिए । जसरी इस्लामहरुले रमजान महिनामा उपबास बस्ने गर्दछन् । उनीहरुदे सुरुवात गर्नुपूर्व नै हिन्दू संस्कृतिले साउनको ब्रतको महत्व बताईसकेको थियो । यो महिना निराहार या त फलाहार जसरी सकिन्छ ब्रत बस्नै पर्छ भन्ने कुरा हिन्दू धर्मका विभिन्न शास्त्रहरुमा नै उल्लेख गरिएको छ । 

ब्रत नै तप हो । ब्रत नै उपवास हो । यस ब्रतको कहिले र कसले सुरु गरे यो अलग नियम हो । नियमबाट हटेर जो मनोमानी रुपमा ब्रत तथा उपबास बस्ने गरेका छन् । त्यसमा केही धार्मिक महत्व रहेने छैन । व्रतले जीवनमा कुनैपनि प्रकारको रोग र शोकलाई अन्त्य गर्दछ । ब्रतको कारणले नै मोक्ष प्राप्त हुने गर्दछ । श्रावण महिनाको ब्रतका लागि पनि यसको छुट्टै नियमहरु रहेका छन् । 

सोमबार मात्रै बस्नुहोस् ब्रत ः चतुर्मासको अवधि चार महिनाको लागि हुने गर्दछ । जुन असार शुक्ल एकादशीको दिनदेखि कात्तिक शुक्ल एकादशीको दिनसम्म चल्ने गरेको छ । यो चार महिना विशेष गरी तिनै व्यक्तिहरुको लागि विशेष हुने गर्दछ कि जो ध्यान साधना र उपासना गरिरहेका छन् । तर श्रावण महिनामा ब्रत बस्नु सबै हिन्दूहरुको कर्तव्य हो । सोमबारको ब्रतहरु सोमबार बसेर मात्रै फल पाईन्छ भन्ने धेरै हिन्दूहरुको सोचाई हुन सक्छ । तर, त्यो सबै मिथ्या प्रचारबाजी मात्रै हो । श्रावण महिनामा जुन सुकै दिन ब्रत बसेपनि यसको बराबर फल पाईन्छ । 

यो चार महिना ब्रत बस्नुको बैज्ञानिक कारण पनि रहेको छ । यो चार महिना भनेको बर्खाको चार महिना हो । यी महिनाहरुमा हाम्रो पाचन प्रणाली कमजोर हुने गरेको छ । साथै हामीले पिउने पानीहरुमा धेरै व्याक्टेरीयाहरु हुनसक्छ । त्यसैले हरिशयनी एकादशी पछिको चार महिनाको लागि हामीहरुले आफ्नै स्वास्थ्यको लागि भएपनि व्रत बस्नुपर्ने हुन्छ । 

ती चार महिना मध्ये पनि श्रावण महिना सबैभन्दा महत्वपूर्ण महिनाको रुपमा मान्न सकिन्छ । त्यसैले सोमबार ब्रत बस्ने भनेर एक दिन ब्रत बस्ने र अरु दिन भने अस्वभाविक रुपमा खाएर होईन कि आफ्नो खानामा नियन्त्रण गरेर यो चार महिना कटाउन सकिन्छ । त्यसैले यो महिनाको ब्रत धार्मिक र सांस्कृतिक रुपमा समेत महत्वपूर्ण रहेकोछ । 

यस्तो छ नियम 
यी महिनाहरुमा सूर्याेदय भन्दा पहिले नै उठ्नु आवश्यक मानिन्छ । उठ्नासाथ राम्रोसँग नुहाउने र केही बेर मौन बस्नु आवश्यक मानिन्छ । यो समयमा साधुहरुको त झनै नियम कडा हुन्छ उनीहरुले दिनमा एक पटक भन्दा भोजन गर्न पाउँदैनन् । 

गर्न नहुनेकाम उक्त ४ महिनामा विवाह संस्कार, जात कर्म संस्कार, गृह प्रवेश आदि मंगल कार्य गर्नको लागि निषेध गरिएको छ । यस ब्रतमा दूध, शखर, दही, तेल बैगन, पत्तादार सब्जी, मोजन, मिठाई सुपारी, मासु, मदिरा आदि निषेध गरिएको छ ।  जसमध्ये, श्रावणमा पत्तादार सब्जी, साग इत्यादि, भदौमा दही, असोजमा दूध, कात्तिकमा प्याज, लसुन र दाल लगायतलाई निषेध गरिएको छ । 

पछुताउनुहोला : यदि तपाई श्रावण महिनामा व्रतका पालना गर्नुहुँदैन भने तपाई अवश्य पछुताउनु हुनेछ । यो महिनामा तपाईको मानसिक तनाव कम गर्न र पापको नास गर्नको लागि ब्रत आवश्यक छ । यदि यो महिनामा नियम विरुद्ध अन्न ग्रहण गर्नुहुन्छ । ब्रह्मचर्यको पालना गर्नुहुन्न भने यमे निश्चित छ कि तपाई गम्भीर रोगबाट ग्रस्त हुनुहुनेछ । यो व्रत महिला र पुरुष दुबैको लागि आवश्यक रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ