arrow

सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयले परीक्षार्थीलाई दिएन प्रवेशपत्र

logo
प्रकाशित २०७४ असार २४ शनिबार
anchal-yatayat-office-siraha.jpg

सिराहा। अनेक अनियमितताको विवादमा आइरहने सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय पटक पटक विवादमा आइरहने गर्दछ। चरम भ्रष्टाचार र सेवाग्राहीलाइ दुख दिने कार्य पनि भैरहने यस कार्यालयले एक सेवाग्राहीलाई लाइसेन्सको परिक्षा दिनबाटै वञ्चित गरेको छ। 

यातायात कार्यालयले मोटर साइकलको अनुमतिपत्र आबेदन लिएको पाँच महिना भए पश्चात् लिखित परिक्षाको मिति सार्बजनिक गरेपनि एक परिक्षार्थीलाई रिक्षा दिनबाट वञ्चित गरेको हो। कार्यालयले २२, २३ र २४ गते परिक्षा लिने भनेर सार्वजनिक गरेर परिक्षा दिने परिक्षार्थीहरु प्रवेश पत्र लिन गएपनि एक परिक्षार्थीले उनीहरुले लापर्वाहीका कारण परिक्षा दिन पाएनन। 

कार्यालयको लापर्वाहीले सुरेन्द्र कुमार साहले आफ्नो प्रवेश पत्र पाएनन भने परिक्षा दिन पनि पाएनन। उनले प्रवेश पत्र लिन जाादा कोठा न.५ पठाएको त्यहाँ  जादा कोठा न.८ मा जा भनेको र त्यहाँ पुग्दा यहाँ छैन कोठा नं १० जा भनेको र त्यहाँ पुग्दा मलाई थाहा छैन भन्दै फर्काएकव साहले गुनासो गरे। 

हाकिमको कोठामा जाँदा तलै जानुस भने तर आफूले परिक्षा दिन भने नपाएको उनको भनाई छ। कार्यालय प्रमुख ओमकार नेउपानेको गैरजिम्मेवार हर्कले आफू फर्किएको उनले बताए। फारम भरेर दर्ता गरेपनि जाँच दिन नपाएर आफूले लाइसेन्स लिन फेरि ढीलो हुने पीडित साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ