arrow

युरोपेली युनियनसँगको सम्बन्धमा प्रभाव पार्नेगरी हस्ताक्षर हुन्छःट्रम्प

logo
प्रकाशित २०७४ असार २४ शनिबार
tramp-aa.jpeg

ह्याम्बर्ग । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्। 

ट्रम्प यो भ्रमण विवादास्पद भइरहेको थियो । उनी बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन । साथै उनले उक्त भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्ने समाचारमा जनाइएको छ । 

जर्मनीको ह्याम्बर्गमा जारी रहेको जी–२० को बैठकमा सहभागी हुन त्यहाँ रहेका राष्ट्रपति राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सो जानकारी दिएका हुन् । सो द्विपक्षीय वार्ताका क्रममा उनले भने ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर गर्ने हो । उक्त सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने उनले जानकारी दिए । 

तर सो भ्रमणको समय कहिले हो भन्ने बारेमा भने उनले केही बताएन्न। उनले भन्नुने‘म बेलायतको भ्रमणमा जाँदैछु र दिन कुन हो भन्ने बारेमा अमेरिकाले काम गरिरहेको छ । यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो । पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन् । 

ती हमलामा लन्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाएका  छन् । जसका कारण लन्डनबासी मुस्लिम नागरिकमा उनका विरुद्धमा आक्रोस जागेको देखिएको बताइएको थियो । 

त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नचाहनुभएको प्रश्न गर्ने गरिएको थियो । तर उनको शनिबारको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ