arrow

माओवादी उत्पीडितको पक्षमा छ : प्रचण्ड

logo
प्रकाशित २०७४ असार २४ शनिबार
pmprachandadahal.jpeg

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध र जनआन्दोलन नभएको भए महिला, दलित, जनजाती, मधेसीलगायतका समुदाय अपमानित भइरहनुपर्ने स्थिति कायम नै रहने बताएका छन् ।

दलित अगुवा अधिकारकर्मी पद्म सुन्दासलाई बहराइनका लागि नेपाली राजदूतमा नियुक्त गरेकोमा अध्यक्ष दाहाललाई अभिनन्दन गर्न परियार सेवा समाजले गरेको कार्यक्रममा दाहालले माओवादी पार्टी र आन्दोलनका कारण अल्पसङ्ख्यक समुदाय राज्यको विभिन्न स्थानमा स्थापित भएको बताए ।

अध्यक्ष दाहालले भने, “पुरानो समाज र राजनीतिक दल दलित, महिला, जनजाति, मधेसीलगायतका उत्पीडितलाई मान्छे नै नमान्ने प्रचलन थियो, माओवादीले उत्पीडितको अधिकारको कुरा गर्दा निकै ठूलो विरोध गरियो, माओवादीले जनयुद्ध नलडेको र उत्पीडितको पक्षमा सङ्घर्ष नगरेको भए क्षमता भएर पनि उनीहरु राज्यको नीति निर्माणको अधिकारबाट विमुख हुन्थे ।”

समाजमा यति ठूलो परिवर्तन भइसक्दा पनि अझै राज्य र राज्य संयन्त्र दलितप्रति सकारात्मक हुन सकेका छैनन् भन्दै दाहालले त्यसलाई अझै सकारात्मक दबाबले सही मार्गमा ल्याउनुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भनेका छन्, भन्नुभयो, “म निरन्तर उत्पीडितको पक्षमा छु, म र मेरो पार्टीको निरन्तरको प्रयास र सङ्घर्षपछि महिला नै राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख हुनुभएको छ, गणतन्त्र आएपछि संसद्मा ठूलो सङ्ख्यामा उत्पीडित समुदायको प्रतिनिधित्व भएको छ, अहिले पद्म सुन्दास राजदूत हुनुभएको छ, यो पनि माओवादी पार्टीको उत्पीडित जाति र समुदायप्रतिको प्रतिबद्धताको प्रतिफल नै हो ।”

सो अवसरमा परियार सेवा समाजका अगुवाले नेपालमा गणतन्त्र स्थापना गर्न, समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्न, दलितलगायतका उत्पीडित जाति र समुदायलाई नीति निर्माणको तहमा लैजान विशेष भूमिका खेलेको भन्दै अध्यक्ष दाहाललाई अभिनन्दन गरिएको थियो । राजदूत पदम् सुन्दासलाई पनि सम्मानित भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ