arrow

'एमालेभित्रका माओवादी–कांग्रेसले मलाई हराए'

logo
प्रकाशित २०७४ असार २५ आइतबार
uml-sun-election-logo.jpg

अर्घाखाँची। स्थानीय स्वास्थ्य चौकीको अधिकृतबाट राजीनामा दिएर मालारानी गाउँपालिका–५ को अध्यक्षका लागि चुनावी मैदानमा होमिएका तिलक मिश्र झिनो मतान्तरले पराजित भएका छन्। एमाले जिल्ला कमिटीको सचिवालय सदस्यसमेत रहेका उनले टिकट पाएपछि माओवादी केन्द्रका नेताहरू मुनाल खड्का, राजेन्द्र टण्डन, चन्द्रबहादुर विक, केशव खनाललगायत एमालेमा प्रवेश गरेका थिए तर पनि उनी पराजित भए।

माओवादी केन्द्र र कांग्रेसको गठबन्धनका उम्मेदवार शोभाखर भुसालले उनलाई १८ मतान्तरले पराजित गरेका हुन् । भुसालको १ हजार ५ र मिश्रले ९ सय ८७ मत आएको थियो ।

उक्त वडा एमाले नेताहरू नरेन्द्रकुमार क्षेत्री, रामबहादुर चौहान र पीताम्बर भुसालको मतदान क्षेत्र पर्छ । मतदाताहरूलाई शनिबार सम्बोधन गर्दै उनले एमालेभित्रका माओवादी र कांग्रेसका कारण आफू पराजित भएको दाबी गरेका छन् ।

उनले भने, ‘मैले पाएको भन्दा एमालेको संगठनात्मक मत २ सय बढी छ । सबै सदस्यहरू त्यति नै मतअन्तरले अगाडि आए । तर मलाई एमालेभित्रकै माओवादी र कांग्रेसले हराए ।’ मतदाताहरूलाई  बाँगीमा सम्बोधन गर्दै गर्दा उनलाई कार्यकर्ताले अविर र माला लगाईदिएका थिए। (नयाँ पत्रिका)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ