arrow

म बेलायतको भ्रमण छिट्टै गर्दैछु : राष्ट्रपति ट्रम्प

logo
प्रकाशित २०७४ असार २५ आइतबार
president-trump.jpg

ह्याम्बर्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जाने भएका छन्। उनको यो भ्रमण विवादास्पद भइरहेको थियो। उनी बेलायतका भ्रमणमा जाने भनिएपछि निश्चित भएको थिएन।

साथै उनले उक्त भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्ने समाचारमा जनाइएको छ। जर्मनीको ह्याम्बर्गमा जारी रहेको जी–२० को बैठकमा सहभागी हुन त्यहाँ रहेका राष्ट्रपति राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर एञ्जिला मार्केलसँग शनिबार भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सो जानकारी दिएका छन्।

सो द्विपक्षीय वार्ताका क्रममा उनले भने ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने हो र त्यस क्रममा दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर गर्ने हो। उक्त सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने उनले जानकारी दिए। तर सो भ्रमणको समय कहिले हो भन्ने बारेमा भने उनले केही बताएनन्। उनले भने ‘म बेलायतको भ्रमणमा जाँदैछु र दिन कुन हो भन्ने बारेमा अमेरिकाले काम गरिरहेको छ।’

यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो। पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन्।

ती हमलामा लन्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाएका छन्। जसका कारण लन्डनबासी मुस्लिम नागरिकमा उनका विरुद्धमा आक्रोस जागेको देखिएको बताइएको थियो।

त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नाचएको प्रश्न गर्ने गरिएको थियो। तर उनको शनिबारको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ। रासस-एएफपी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ