arrow

स्कुल बस र माइक्रो ठोक्किदा माइक्रो सवार ५ को मृत्यु

logo
शरद रेग्मी,
प्रकाशित २०७२ पुष २२ बुधबार
दाङ । दाङको तुलसीपुर–घोराही सडक खण्डको सौडीकुलामा भएको सवारी दुर्घटनामा परि बुधवार बिहान ५ जनाको मृत्यु भएको छ भने १९ जना यात्रु घाइते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको पद्यमोदय पब्लिक नमुना स्कूलको रा १ क १९१ नम्वरको बस र तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ज ३७२ नम्वरको माइक्रो एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको हो । 

बुधवार बिहान ९ बजे तिर उक्त दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख कुवेर कडायतले जानकारी दिए । एसपी कडायतका अनुसार घाइते यात्रु सबै माइक्रोका हुन । स्कूल बसमा चालक मात्रै रहेको र उक्त बस विद्यार्थी लिन भनि आउन लागेकोले क्षति कम भएको वताइएको छ ।

घाइते सबैलाई प्रहरीका गाडी, एम्वुलेन्सको सहायताले अस्पताल पुर्‍याइएको छ । माइक्रोका चालकसहित अन्य ६ जना जति यात्रुको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । तर यो खबर तयार पार्दा सम्म घाइतेको नाम र ठेगाना पहिचान हुन नसकेको जिल्ला ट्राफिक प्रमुख अरुण कुमार सिहंले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ