arrow

एनआरएनए युगाण्डामा भण्डारी

एनआरएनए युगाण्डाको तेस्रो महाअधिवेशन सम्पन्न

logo
प्रकाशित २०७४ असार २५ आइतबार
nrn-uganda.jpg

कम्पाला ,(युगाण्डा) । गैर आवासीय नेपाली संघ युगाण्डा ( एनआरएनए युगान्डा)को तेस्रो महा अधिवेशन युगान्डाको कम्पालामा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ |  अधिवेशनबाट आगामी कार्यकाल सन २०१७ - २०१९ का लागि  अध्यक्षमा राजमणि भण्डारीको साथ सम्पूर्ण समूह निर्विरोध चयन भएको छ  |

एनआरएनएका अफ्रिका क्षेत्रीय  संयोजक    सुनील कार्की बाट प्रमुख अथितीको रुपमा दीप जलन गराई अधिबेशनको  उद्घाटन  भएको थियो | कार्यक्रममा  प्रमुख अतिथि सुनील कार्की , अन्तरास्ट्रिय कार्य समितीका सदस्य जिबनाथ पगेनी , अध्यक्ष रमेश कंडेल लगायतबाट बाट शुभकामना मन्तब्य ब्यक्त भएको  थियो | त्यस पछि आयोजीत बन्द सत्रमा संघका कोषाध्यक्ष मंजुल पाठकले आर्थिक प्रतिवेदन पेश गर्नुका साथै अध्यक्ष रमेश कंडेलले आफ्नो कार्यकालको प्रतिबेदन पेश गरेका थिए  |

लगत्तै तीन सदस्यीय निर्वाचन समितिको तर्फ बाट निर्वाचन समितीका  संयोजक  हेम श्रेष्ठबाट बिपक्षी  उम्मेदवार कोहि नहुदा उम्मेदवार सम्पुर्णलाइ निर्विरोध चयन भएको घोषणा गरेका थिए |


नव निर्वाचित समितिको नामावलीमा अध्यक्ष राजमणि भण्डारी, उपाध्यक्ष बिनोद थापा, अर्जुन न्यौपाने,  महासचिव रमेश शर्मा, सचिव गंगालाल खरेल, कोषाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र “बिबश”, महिला संयोजक तारा गिरि, प्रवक्ता कमल भट्ट, कार्यकारी सदस्य आशिस खड्का, रुद्र के सी , प्रेम बहदुर श्रेष्ठ, गणेश कार्की  छानिएका छन् ।
 
कार्यक्रममा सम्पूर्ण साधारण सदस्यलाई कार्ड वितरण गर्नुको साथै प्रमुख अतिथि सुनिल कार्कीको हात बाट पुर्ब कार्यकालमा विभिन्न क्षेत्रमा सहयोग गर्ने सहयोगी मन लाइ प्रशंसापत्र वितरण गरिएको थियो |

कार्यक्रममा  पुर्व अध्यक्ष समेत रहेका रमेश कंडेलले  नेपालि संगीतमा नयाँ इतिहास रच्दै अफ्रिकन कलाकार, डाइरेक्टर, सम्पादक प्रयोग गरेको भिडियो प्रमुख अतिथिबाटै विमोचन गर्दै सार्वजनिक गरे| कंडेलले लोक तथा आधुनीक गरि एक दर्जन गीतहरुमा स्वर दि सकेका छन् |

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ