arrow

'राम्रो दाता भेटियो भने पशुपति मन्दिर पनि भत्काएर क्रियापुत्री भवन बनाउँ न त !'

logo
प्रकाशित २०७४ असार २५ आइतबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौं । शनिबार पशुपति क्षेत्रमा भत्काईएको मन्दिर जनप्रतिनिधिको दबाबपछि पुनः निर्माण गर्न निर्देशन दिईएको छ । शनिबार क्रियापुत्री भवन निर्माण गर्नको लागि भनेर भत्काईएको चार शिवालय क्षेत्रको मन्दिर पुनर्निर्माण गर्न माग गर्दै काठमाडौं महानगरपालिका वडा नं ८ का वडाध्यक्ष दिनेश कुमार ड्रंगोलको नेतृत्वमा गएको टोलीले कोषका कर्मचारीहरुलाई झपारेका थिए । उनीहरुले मन्दिर भत्काउन स्वीकृति दिईएकोमा कडा विरोध गर्दै त्यो निर्णय तत्काल खारेज गरी पुरानै शैलीमा मन्दिर निर्माण गर्न निर्देशन समेत दिएका थिए । सो लगत्तै कोषले पनि मन्दिर भत्काउने सुरेन्द्र बहादुर बस्नेतलाई तत्काल मन्दिर बनाईदिन निर्देशन दिएको छ । 

वडाध्यक्ष डंगोलले मन्दिर भत्काएको विरोधमा आफूहरु कोषमा गएर तत्कालै मन्दिरलाई पुरानै शैलीमा बनाउन निर्देशन दिईएको बताए । उनले राम्रो दाता पाएपछि मन्दिर भत्काउन दिने हो भने अझ राम्रो दाता खोजेर ठूलो पशुपति मन्दिरलाई नै भत्काएर त्यहाँ पनि क्रियापुत्री भवन बनाउन व्याङ्ग्यात्मक सुझाव दिएको बताए । 'पशुपति क्षेत्र विकास कोषले नै सम्पदाको संरक्षण नगरी सम्पदाको विनास गर्ने हो भने पशुपतिनाथको मन्दिर चाहिँ किन चाहियो ?' उनले भने 'त्यो पनि मन्दिर भत्काएर क्रियापुत्री भवन बनाईदिए भईहाल्यो नि । मन्दिर भन्दा क्रियापुत्री भवन महत्वपूर्ण हो भने त ।' 

उनले पशुपतिमा क्रियापुत्री भवनको खाँचो नरहेको भन्दै मन्दिर भत्काएर क्रियापुत्री भवन बनाउनु कहाँसम्मको जायज कुरा हो ? भनी प्रतिप्रश्न गरे । उनका अनुसार यस विषयमा पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा नै लिखित स्वीकृति दिएर मन्दिर भत्काउन लगाएको भेटिएको छ । उनले बुद्ध एयरको मालिक सुरेन्द्र बहादुर बस्नेतको नाममा क्रियापुत्री भवन बनाउन स्वीकृति दिईएको भेटिएको भन्दै अहिले जनप्रतिनिधि नआउन्ज्याल जति लूट मच्चाएको भएपनि अब जनप्रतिनिधि आएपछि कर्मचारीहरुको लूटतन्त्रको अन्त्य भएको बताए । 

उनले विश्वरुप मन्दिर मैदान भईसक्यो, भूवनेश्वरी मन्दिर जीर्ण छ त्यो बनाउने कोही छैन । सबै मन्दिरहरु जीर्ण छन् ती मन्दिर बनाउने तर्फ कसैको चासो छैन । सबै मन्दिर भत्काएर आफ्नो स्वार्थ पूरा गर्नेहरुलाई अब जनप्रतिनिधिले नछाड्ने बताए । उनको नेतृत्वमा स्थानीय संघसंस्थाका प्रतिनिधि, वडाका सबै पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु लगायतका नाराबाजी गर्दै कोषको कार्यालयमा पुगेर त्यो मन्दिर जस्ताको त्यस्तै निर्माण गराउन दबाब दिएका थिए । कोषले पनि दाताले मन्दिर नबनाईदिए कोष आर्फैले मन्दिर बनाउने प्रतिवद्धता व्यक्त गरेपछि उनीहरु फर्किएका थिए ।

 

 Image may contain: text



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ