- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कमलपोखरीमा रहेको सिटी सेन्टरको चलचित्र घर ‘फिल्म हल’मा आगलागी भएको छ । सिटी सेन्टरमा रहेको ‘विग सिनेमाज्’मा आगलागी भएको हो ।
एसीको तार सर्ट भएर हलको सिलिङमा आगलागी भएको कमलपोखरी प्रहरीले जनाएको छ । ‘विग मूभिज’को –२ नम्बर पर्दामा स्पाइडरम्यान चलचित्र प्रदर्शन भइरहेको थियो ।
आगो निभाइसकिएको र आगलागीबाट माथिको सिलिङको फम मात्रै जलेको प्रहरीले जनाएको छ । दमकल, ३० प्रहरी र ३० सशस्त्र प्रहरीले करिब सवा घण्टामा आगो निभाएका हुन् ।
दिउँसो ३ बजेतिर लागेको आगो सवा ४ बजेतिर मात्रै आगो निभाउने काम सकिएको हो । आगलागिबाट भएको क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जानकारी दिएको छ ।