arrow

सडक पिडितले पाए डेढ वर्ष पछि राहत

बस्ती नै पुर्नस्थापना गर्नु पर्ने पिडितको माग

logo
प्रकाशित २०७४ असार २५ आइतबार
Aambagar_rahat_news.jpg

बझाङ। सडक निमार्ण संगै सुरु भएको पहिरोका कारण बस्ती नै जोखिममा परेका थलारा गांउपालिका ९ आमबगरका विस्थापितले राहत पाएका छन । सडक निमार्ण गर्दा घर भत्किएका ८ परिवारले राहत पाएका हुन ।
 
पुर्ण रुपमा घर भत्केर विस्थापित भएका ८ परिवारलाई डिभिजन सडक कार्यालय बैतडीको तर्फबाट प्रमुख जिल्ला अधिकारी केशबबहादुर थापाले चेक हस्तान्तरण गरेका थिए । शहरी विकास तथा भवन निमार्ण डिभिजन कार्यालय बैतडीले गरेको मुल्याङकन अनुसार पिडितहरुलाई राहत रकम वितरण गरिएको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए ।
 
खनालका अनुसार सबै भन्दा बढी क्षती भएकालाई करिब ५ लाख र सबै भन्दा कम क्षती भएकालाई करिब ८० हजार राहत रकम चेक मार्फत वितरण गरिएको हो । ८ परिवारको लागी जम्मा १५ लाख ८० हजार रकम राहत स्वरुप वितरण गरिएको उनले जनाकारि दिए ।
 
गत बर्ष बैशाखमा जडार कोइरालकोट सडक निमार्णको क्रममा साविक मालुमेला गाविसको आमवगर बस्तीमा पहिरो खसे पछि यहांका ८ परिवार पुर्ण रुपमा विस्थापित भएका थिए भने २५ परिवारको बसोवास जोखिममा परेको थियो । सडकबाट खसेको पहिरोका कारण यस बस्तीको लागी निमार्ण गरिएको झण्डै २ करोड बरावरको सिंचाई र खानेपानी आयोजना पनि पुर्ण रुपमा क्षति ग्रस्त भएको थियो । जुन अहिले सम्म पनि संचालनमा आएको छैन ।


राहत वितरण पछि पिडितहरुले राहतले आफुहरुलाई केही खुशी दिए पनि सिंगो बस्ती नै जोखिममा रहेकोले बस्ती पुर्नस्थापना नगर्दा सम्म गांउ नै जोखिममा रहेको बताएका थिए । ‘माथि सडकबाट पहिरो खसेको खस्यै छ । बस्तीको पुछारबाट सेती नदीले कटान गरिरहेको छ’ एक जना विस्थापित कांउकुरी सार्कीले भने  ‘पानि परेको दिन गांउ भरिका मान्छे रातभर स्कुलको चउरमा बस्नु पर्छ । साह्रै समस्यामा छौ’।

बस्तीमा खानेपानी र सिंचाइको पनि उस्तै समस्या रहेको बताउदै अर्का पिडित कैले दमाईले का अनुसार  ‘दुइ वर्खा भैसक्यो सेतीको धमिलो पानी खाइरहेका छौ । खेत बाझै छन । सडकले हाम्रो विचल्ली नै बनायो’।

यस बस्तीको समस्या सम्बोधन गर्नका लागी जिल्ला खाद्य अधिकार संजाल, फियान नेपाल र जिल्लामा कार्यरत पत्रकारहरुले पहल गरिरहेका छन । राहत वितरणले आफुहरुलाई केही सान्तवना भए पनि बस्ती पुर्न स्थापना नभए सम्म आफुहरुको संर्घष जारी रहने सडक पिडितहरुको समुहका अध्यक्ष विश्वप्रकास जोशीले बताए  ।
 
डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले कार्यालयको तर्फबाट बस्तीको सिंचाई र खानेपानी मर्मत तथा पहिरो नियन्त्रणका लागी थप पहल भैरहेको बताउनु भयो । बस्ती पुर्नस्थापनाको लागी मन्त्रालयमा सिफारिस गरिसकेको बताउदै खनालले भन्नु भयो ‘बस्ती पुर्नस्थापना नभए सम्म सुरक्षित रुपमा बस्नका लागी हाम्रो तर्फबाट सक्ने जति गरिरहेका छौ ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ