arrow

ऐन नबन्दा संवैधानिक अधिकार प्रयोग गर्न समस्या भयो - प्रमुख शाक्य 

logo
प्रकाशित २०७४ असार २५ आइतबार
mayor_ktm.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधार नै नभएको बताएका छन् । आइतबार नेवा जागरण मञ्चको ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख शाक्यले यसले जनताले चाहना गरेका अपेक्षा पूरा गर्न चुनौती बनेको बताएका हुन् । 

स्थानीय भाषाको संरक्षण गर्ने काम त्यति सजिलो नभएको बताउँदै उनले  महानगरले वैङ्कलाई पत्राचार गर्नुपर्दा वा इजलासमा मुद्दा वहस गर्नुपर्दा नेपाल भाषाको मात्र प्रयोग गरौं भन्न सक्ने अवस्था नरहेको बताए। तर विद्यालय स्तरको पाठ्यक्रममा नेपाल भाषाको अध्यापन गर्ने कामलाई महानगरले प्राथमिकतामा राखेको प्रमुख शाक्यको भनाइ थियो ।

जागरण मञ्चकोतर्फबाट अध्यक्ष सुजीव बज्राचार्यले बुझाएको ९ बुँदे ध्यानाकर्षण पत्रमा नेपाल भाषाको संरक्षण तथा प्रवर्धन, जात्रा पर्वनको सञ्चालन व्यवस्थापन, स्थानीय नेपाल भाषाको व्यवहारिक प्रयोग स्थानीयलगायत विषय सम्बोधन गर्दै प्रमुख शाक्यले एकीकृत वस्ती, खुल्ला तथा सार्वजनिक स्थानको संरक्षणमा मिलेर काम गर्नु पर्ने बताए।

वडा नं १८, १९, २०, २५, २७ लगायत महानगरको भित्री वडाका वडाध्यक्ष, स्थानीय दलीय प्रतिनिधि र नागरिक अगुवासहित प्रमुखको कार्यकक्षमा पुगेको टोलीले स्थानीय कला, संस्कार, संस्कृति तथा परम्परा तथा सुरक्षित र व्यवस्थित बस्ती विकासका पक्षमा करीव ४५ मिनेट छलफल गरेको थियो ।

छलफलमा नागरिक अगुवा मल्ल के सुन्दरले नेपाल भाषाको कार्यान्वयनमा जोड दिएका थिए भने अन्य सहभागीले भित्री सहरी क्षेत्र र त्यस क्षेत्रमा बसोबास गर्ने मानिसको सुरक्षा, व्यवस्था र पहिचान कायम हुने विषय महानगरको बार्षिक बजेट नीति तथा कार्यक्रममा समाबेश हुनुपर्ने माग राखेका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ