arrow

ओलीको मुखबाट विकासको बोली

logo
प्रकाशित २०७४ असार २५ आइतबार
KP-oli-naya-news.jpeg

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुरलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताएका छन् । कीर्तिपुर नगरपालिकाको  पहिलो नगरसभा’को उद्घाटन गर्दै अध्यक्ष ओलीले कीर्तिपुर ऐतिहासिक ठाउँ तथा यसको आफ्नै छुट्टै विशेषता भएको बताए ।

“यहाँको विकास गरी पर्यटक भित्र्याउनु पर्छ,” ओलीले भने । कीर्तिपुरको विकासका लागि जनप्रतिनिधिलाई सहयोग गर्न तयार रहेको ओलीको भनाई छ ।

कार्यक्रममा सांसद राजन केसी, नगरप्रमुख रमेश महर्जन र उपप्रमुख सरस्वती खड्काले सबै राजनीतिक दलको सहयोगले मात्र कीर्तिपुरको विकास सम्भव भएको बताए । कार्यक्रममा नगरउपप्रमुख खड्काले करिब रु ७९ करोडको बजेट प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ