arrow

सिमल तरुल खाँदा बालकको ज्यान गयो, तीन सिकिस्त

logo
प्रकाशित २०७२ पुष २२ बुधबार
Pachthar.jpeg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । सिमल तरुल खाएर फुड पोइजन हुँदा पाँचथर फिदिम ४ भूजेलडाँडाका १ बालकको बुधबार विहान मृत्यु भएको छ भने ३ जना बालवालिका सिकिस्त विरामी परेका छन् ।

मृत्यु हुनेमा फिदिम ४ का ईश्वरी खवासका ७ वर्षिय छोरा सविन खवास रहेका छन् । यस्तै उनकै आफन्तहरु १४ वर्षिय सर्मिला खवास, १० वर्षिय मनोज खवास र ९ वर्षिय सागर खवास रहेका छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

आफन्तका अनुसार सोमबार विद्यालयबाट फर्केर खाँजा खाएका उनीहरु विरामी परेका थिए । मृतक सविनको अहिले केहिबेर पछि पोष्टमार्टम गरिने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ