arrow

कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी, काँग्रेस तेस्रोमा 

logo
प्रकाशित २०७४ असार २६ सोमबार
kanchanpur_district_map.png

भीमदत्तनगर । कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन् । 

उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर विजयी भएकी छिन् । 

उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी उम्मेदवार भुलिया राना पाँच हजार ३९१ मत प्राप्त गरिन् । माओवादी केन्द्रका सीता विकले पाँच हजार ३५६ मत प्राप्त गरे । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ