arrow

प्रचण्डले भित्र्याए नयाँ शक्तिका केन्द्रीय नेता, एमाले–काँग्रेसका जिल्ला नेता

logo
प्रकाशित २०७४ असार २६ सोमबार
prachanda.jpg

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूर्वसभासद एवं नयाँ शक्तिका नेता शिवचन्द्र कुशवाहासहित झण्डै ५० जना नेता–कार्यकर्ता भित्र्याएका छन् ।  सोमबार दिउँसो आयोजित एक कार्यक्रमबीच कुशवाहा लगायतका नेतालाई अध्यक्ष दाहालले माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।

माओवादी केन्द्रमा प्रवेश गर्नेमा एमालेका जिल्ला समिति सदस्य एवं पूर्व गाविस अध्यक्ष गौरीशंकर जयसवाल, विप्लव समूहका रौतहट सेक्रेटरी नन्दलाल ठाकुर लगायत रहेका छन् ।

बारा र रौतहट जिल्लामा क्रियाशील भएर माओवादी प्रवेश गर्ने अन्य नेताहरुमा नेपाली काँग्रेसबाट कमल जयसवाल, चिनीलाल दास, हरेन्द्र जयसवाल, जयप्रकाश चौधरी, शेख हासिम, हरि साह, लालबाबु जयसवाल, भिखारी दास छन् ।
एमालेबाट प्रवेश गर्नेहरुमा पूर्वअध्यक्ष गौरीशंकर जयसवालसहित सुरेशप्रसाद जयसवाल, राजेशकुमार शर्मा, प्रमोदप्रसाद जयसवाल, गंगाप्रसाद जयसवाल, खहेरु ठाकुर, त्रिलोकी जयसवाल, सिकन्द्रप्रसाद जयसवाल, राजकिशोर जयसवाल, धिरेन्द्र जयसवाल, अमिन्द्र कुमार, चन्दन प्रसाद, सुरेश जयसवाल, मनोज प्रसाद, बिजेन्द्र प्रसाद, सञ्जय प्रसाद, रामु महतो, योगन्द्र प्रसाद रहेका छन् ।

नयाँ शक्तिबाट दिनेश पटेल, रामकिशोर कुशवाहा, गजेन्द्र प्रसाद कुशवाहा, श्यामबाबु कुशवाहा, रामविधाया कुशवाहा, शेषनाथ कुशवाहा, कमलेशप्रसाद कुशवाहा, सन्तोष कुशवाहा, सचिन कुशवाहा लगायतका नेता कार्यकर्ता पनि पूर्वसभासदसँगै माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । त्यसैगरी राजपाका प्रह्लाद सहनी, लोकतान्त्रिक फोरमका ओमनारायण चौरासिया र राप्रपाका राम एकवाल पटेल लगायतका नेताहरु पनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

प्रवेश कार्यक्रममा बोल्दै नयाँ शक्तिका केन्द्रीय नेता तथा पूर्वसभासद कुशवाहाले माक्र्सवादी विचार, क्रान्तिकारी सिद्धान्त र जनताप्रतिको जिम्मेवारी भुल्न नसकेर आफू माओवादी केन्द्रमा फर्किएको बताए । एमाले जिल्ला समिति सदस्य जयसवालले एमालेमा फरक मत, विचार, आस्था र भावनाको सम्मान हुने परिस्थिति नरहेकाले आफू माओवादी केन्द्रमा आएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ